×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खाने तेलमा किरा भेटियाे

LAXMI SUNRISE BANK

खाने तेलमा किरा भेटियाे

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इटहरी –  इटहरी ८ का एक उपभोक्ताले खरिद गरेर ल्याएको खाने तेलमा किरा भेटिएकाे छ ।  ईस्वरा बास्तोला र शैलेश सत्यालले खरिद गरि ल्याएकाे  ५ लिटरको तोरीको तेलमा किरा भेटिएपछि खरिदकर्ता चकित परेका थिए ।
इटहरीको एक होलसेल पसलबाट खरिद गरेर ल्याएको तेलको ग्यालेन खन्याउने क्रममा धेरै मात्रामा किरा भेटिएकाे थियो । पछि ग्यालेन  तेलमा जिउँदो अबस्थाका किरा भेटिएका थिए ।
सुनसरीकाे दुहवीस्थित जेके अायल मिलले उत्पादन गर्ने खुकुरी तेलमा किरा भेटिएको हाे । ग्यालेन खोल्नासाथ दुर्गन्ध आएपछि प्लेटमा खन्याएर हेर्दा किरा भेटिएको ईस्वरा बास्तोलाले जानकारी दिर्इन् ।
डेट  समेत एक्सपायर नभएको बताउदै यस्ता अखाद्य तेलले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने हुनाले यस बिषयमा सराेकारवाला सचेत हुनुपर्ने बास्तोलाले बताइन् ।
यता जेके ओयल मिलका उत्पादन प्रमुख जितु धपेडीयाले तेलमा किरा भेटिएको कुरामा कुनै सत्यता नभएको दाबी गरे । नेपालकै पुरानो तेल उत्पादन गर्ने उघोगले कहिले पनि यस्तो काम नगर्ने उनको भनाई थियो ।
  • एसियन समाचार
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी