×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत र पाकिस्तानबीच युद्ध सुरु हुँदै गर्दा काठमाण्डुमा यस्तो बहस

LAXMI SUNRISE BANK

भारत र पाकिस्तानबीच युद्ध सुरु हुँदै गर्दा काठमाण्डुमा यस्तो बहस

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डु – अर्थविद डा.विश्वम्भर प्याकुरेलले सार्कलाई अहिलेसम्म भारतलेनै नेतृत्व दिएकोले भारतबिनाको सार्कको कुनै अस्तित्व नै नहुने बताएका छन् । शुक्रबार राजधानीमा रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्याकुरेलले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै प्याकुरेलले अहिले सार्क दुई फ्याक्टरमा विभाजित जस्तो बनेको तर्क गरे ।
उनले भने, ‘अहिले सार्क दुई भागमा बाँडिएको छ, एउटा सार्क २ छ जहाँ भारत र पाकिस्तान मात्रै छन्, अर्को सार्क ६ छ त्यसमा भारत र पाकिस्तानबाहेकका राष्ट्रहरु छन् ।’  डा.प्याकुरेलले सार्क इकोनोमिक प्रस्पेक्टिभमा इनइफेक्टिभ भएको बताए । नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतमा भएकोले अहिले सन्तुलित एवम् प्रभावकारी भूमिका खेल्नुपर्ने प्याकुरेलको भनाई थियो ।
पराष्ट्रविद डा. निश्लनाथ पाण्डेले सार्क अहिले मरणासन्न र चीर निद्रामा रहेको टिप्पणी गरे । पाण्डेले भारत–पाकिस्तान तनावका कारण अहिले सार्क सम्मेलन अन्यौलमा रहेकोले अध्यक्ष राष्ट्रको हैसियतले आफ्नो दायित्व प्रभाकारी ढंगले निर्वाह गर्नुपर्ने बताए । उनले भारतले सार्कलाई त्यति महत्व नदिएको समेत बताए ।
उनले सार्क सम्मेलनको बारेमा नेपाल सरकारले पटक पटक वक्तव्य निकाल्नुभन्दा पनि विचार पुर्याएर एउटै विज्ञप्ति निकाल्नुपर्ने धारणा राखे । उनले थपे, ‘अफिसियल डकुमेन्ट निकाल्दा विचार पुरयाएर एउटै निकाल्नुपर्छ ।’
भारतले आतंकवादको विरुद्धमा सर्जिकल स्टा«ईक थालेको बारेमा टिप्पणी गर्दै आतंकवादको विरोध गर्नु राम्रो कुरा भएको पाण्डेको भनाई थियो ।  पूर्वराजदुत प्रद्युम्न विक्रम शाहले सार्क सम्मेलन स्थगित् हुनु नौलो कुरा नभएको भन्दै आयोजक राष्ट्रमा आन्तरिक समस्या भए भेन्यु सार्न सकिने बताए । यद्धपि, उनले भारत–पाकिस्तावीच अहिले देखिएको समस्यालाई वार्ताबाटै हल गरेर मिलाउनुपर्ने बताए ।
  • काठमाडौँ टूडे

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी