×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड बिरुद्द बाबुरामको धर्ना, राष्ट्रघात गरेको आरोप

LAXMI SUNRISE BANK

प्रचण्ड बिरुद्द बाबुरामको धर्ना, राष्ट्रघात गरेको आरोप

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नयाँ शक्ति नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रघात सम्झौता गरेको भन्दै त्यस बिरुद्द शुक्रबार राजधानीमा धर्ना दिएको छ।  नेपाल -भारत बिच भएको २५ बुँदे संयुक्त वक्तव्यको विरोध गर्दै नयाँ शक्तिले धर्ना दिएको हो ।
बाबुराम भट्टराई नेतृत्वको रहेको नयाँ शक्ति नेपालले ‘राष्ट्रघात र प्रतिगमनको खतरा’ भन्दै विरोध प्रदर्शन गरेको हो ।
दाहालको भारत भ्रमणका क्रममा नेपाल-भारतबीच भएको २५ बुँदे सम्झौताका ७, १०, ११, १२, १३, १४ र २० नम्बर बुँदा आपत्तिजनक रहेको भन्दै नयाँ शक्तिले ११ नम्बरको बुँदाले नेपाललाई भुटानीकरण गरेको आरोप लगाएको छ। 
नयाँ शक्तिले इलाकालाई नै स्थानीय तह बनाउने तीन दलको सहमति प्रतिगामी भएको ठहर गर्दै तत्काल सच्याउन पनि माग गरेको छ। नयाँ शक्तिले चाडबाडका बेला दैनिक उपभोग्य बस्तुहरुको मूल्य आकासिए पनि सरकार रमिते बनेर बसेको आरोप लगाएको छ।
धर्नामा बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी थिए ।

  • बिज पाटी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी