×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मैले संसदीय ब्यवस्था स्वीकार गरेको छैन : प्रधानमन्त्री प्रचण्ड

LAXMI SUNRISE BANK

मैले संसदीय ब्यवस्था स्वीकार गरेको छैन : प्रधानमन्त्री प्रचण्ड

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय ब्यवस्था आफुले अझै स्वीकार गरि नसकेको बताएका छन् ।
शुक्रबार प्रेस सेन्टर नेपालको एकता महाधिवेशनको बन्द शत्रमा बोल्दै  प्रचण्डले भने ‘मैले संसदीय ब्यवस्था स्वीकार गरेको छैन, संसदीय ब्यवस्थाका विरुद्ध नै छु ।’ उनले संसदीय ब्यवस्था बाध्यतावस स्वीकार गरिएको बताए । नेपाली कांग्रेस जस्तो संसदीय ब्यवस्था मान्ने पार्टीसँग सहकार्य गरेर संसदीय ब्यवस्थामै प्रचण्ड प्रधानमन्त्री भएका छन् ।
उनले संघर्षको रुप फेरिएको तर आफ्नो योजना र पुरानो सैद्धान्तिक शैली नफेरिएको बताए । ‘हिजो बन्दुक अग्रमोर्चामा थियो, अहिले अग्रमोर्चामा कलम आइपुगेको छ । हाम्रो पार्टीको कार्यदिशा स्पष्ट छ । संक्रमणकालीन अवस्था र संविधान प्रतिको जिम्मेवारी बोध गर्दै हामीले संसदीय व्यवस्थामा सम्झौता गरेका छौं’ प्रधानमन्त्री दाहालले भने ‘ तर, संसदीय व्यवस्था स्वीकार गरेका छैनौं । कार्यकारी राष्ट्रपतिसहितको प्रत्यक्ष निर्वाचनले मात्रै देशको स्थिरता र विकासलाई सम्बोधन गर्न सक्छ । यसलाई तपाईहरुले गम्भीरपूर्वक लिएर कलम चलाउन म निर्देशन दिन्छु ।’
प्रचण्डले प्रेस सेन्टरको भावी नेतृत्वको बारेमा बोल्दा होहल्ला समेत भएको थियो । अहिलेको नेतृत्वलाई निरन्तरता दिने या नयाँ पुस्ता ल्याउने  विकल्प रहेको बताएपछि होहोल्ला भएको थियो । त्यसपछि प्रचण्डले तर‘भन्दै पार्टी एकताको भाव र बाध्यतालाई बुझ्नु पर्ने भएकाले सिनियरलाई नेतृत्व दिन सुझाए । पार्टी पोलिटव्यूरो सदस्य महेश्वर दाहाल तर्फ संकेत गरेपछि होहल्ला सुरु भएको थियो । प्रचण्डले बोलेपछि बन्दसत्र स्थगित भएको छ ।
  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी