×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पाकिस्तान सँग लडाईका लागि तयार छौ’ – भारत

LAXMI SUNRISE BANK

‘पाकिस्तान सँग लडाईका लागि तयार छौ’ – भारत

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ । कास्मिरको युरीस्थित भारतीय  सैनिक क्याम्पमा आतंकबादी हमला भएपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ । युरीमा १८ भारतीय सैनिक र चार आक्रमणकारीमा मरिएका थिए ।

दुई देशले सजकतापूर्वक युद्धको तयारी गरिरहेका छन् । भारतले आफ्नो सीमारेखाका बस्तीहरु सारिरहेको छ भने पाकिस्तानले पनि आफ्नो सीमा क्षेत्रमा बसोवास गर्ने नागरिकहरुलाई सुरक्षित स्थानमा जान उर्दी जारी गरिसकेको छ ।

विहीबार विहानै पाकिस्तानको क्षेत्रमा भारतीय सेनाले सर्जिकल अप्रेशन भएको दावी गरेको छ भने पाकिस्तानले त्यसलाई अस्वीकार गरेको छ । भारतले सर्जिकल अप्रेशनमा ४० आतंकवादी मारेको दावी गरेको छ । तर पाकिस्तानले कुनै सर्जिकल अप्रेशन नभएको तर भारतीय सेनाले गोली प्रहार गर्दा आफ्ना दुई जवान सहिद भएको बताएको छ । भारतीय सेनाको आक्रमण गरेपछि आफुहरुले पनि गतिलो जवाफ दिएको पाकिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

भारत पाकिस्तानबीच चार पटक युद्ध भइसकेको छ । पछिल्लो समय स १९९९ मा कारगिलमा युद्ध भएको थियो । त्यो बेला पनि भारतमा भारतीय जनता पार्टीको सरकार थियो । भारत र पाकिस्तानबीच चार दशकदेखि तनाव कायमै छ ।

भारतले गोयबल्स शैलीमा युद्धको प्रचार गरिरहेको छ भने पाकिस्तानले भारतीय प्रचारलाई अस्वीकार गर्दै आएको छ । पाकिस्तान रक्षा मन्त्रायका प्रवक्ताले भारत परेशान मुलुक भएको प्रतिक्रिया दिएका छन् । आणबिक हतियारबाट सुसजित दुई देशबीचको तनावले दक्षिण एसियाली मुलुकमा त्यसको ठुलो प्रभाव परेको छ ।

उता दक्षिण एसियाको शक्तिशाली मुलुक चीनले भने दुवै देशलाई शान्ति कायम गर्न आग्रह गर्दै संवादको टेबुलमा बस्न आग्रह गरेको छ । पाकिस्तानको पक्ष लिँदै आएको चीनले वार्ताबाट समस्याको हल निकाल्न आग्रह गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी