×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शान्ति मन्त्रालयले द्वन्द्व प्रभावितलाई वितरण गर्न लागेको १६ अर्व रुपैयाँमा समेत मनपरी

LAXMI SUNRISE BANK

शान्ति मन्त्रालयले द्वन्द्व प्रभावितलाई वितरण गर्न लागेको १६ अर्व रुपैयाँमा समेत मनपरी

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – लडाकु शिविरको ४ अर्व ४७ करोड हिनामिना छानमिनमा अख्तियार प्रमुखसँग प्रधानमन्त्रीले सेटिङ मिलाएको समाचार आइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति मन्त्रालय मार्फत अयोग्य लडाकु र कार्यकर्तालाई १६ अर्व रुपैयाँ बाँड्ने तयारी गरेका छन् । शान्ति मन्त्रालयले द्वन्द्व प्रभावितका नाममा कार्यकर्तालाई वितरण गर्न लागेको १६ अर्व रुपैयाँमा भने कांग्रेसले एकलौटी हुन नहुने र आफ्ना कार्यकर्तालाई पनि बाँड्नु पर्ने अडान राखेको छ । 
२३ भदौमा संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले घोषणा गरे अनुरुप १६ अर्व रुपैयाँ सहायता वितरणको कार्ययोजना शान्ति मन्त्रालयले तयार पारेको हो । दाहालले घोषणा गरे अनुसार ‘बेपत्ता र सहिद परिवारलाई’लाई ५–५ लाखका दरले सहयोग दिंदा १९ हजार ४ सय १६ परिवारलाई ९ अर्व ७० करोड ८० लाख रुपैयाँ लाग्ने कार्ययोजनामा छ । माओवादी केन्द्रले शान्ति प्रक्रिया अन्तर्गतको मुद्दा भन्दै अयोग्य लडाकु, द्वन्द्व प्रभावित परिवारका नाममा कार्यकर्तालाई रकम बाँड्ने योजना बनाएपछि कांग्रेसले पनि आफ्ना कार्यकर्तालाई समेत बाँड्नेगरी कार्ययोजना बनाउन दवाव दिएको हो । 
 लडाकु शिविरमा बसेका आफ्नै कार्यकर्ताको नाममा आएको ४ अर्व ४७ करोडमा छानविन नगर्न अख्तियारसँग सेटिङ मिलाएका प्रधानमन्त्री दाहालले कार्यकर्ताकै नाममा अर्को १६ अर्व बाँड्ने योजना बनाएका छन् । दाहालले आफ्ना मात्रै कार्यकर्ता पोस्नेगरी योजना बनाएपछि उक्त रकममा कांग्रेसले समेत दाबी गरेको छ । 
प्रधानमन्त्री दाहालले भदौ २३ गते संसदको रोष्ट्रममा उभिएर अयोग्य लडाकुका लागि थप २ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । अयोग्य लडाकुलाई सुविधा दिने विषयमा अदालतमा मुद्दा विचाराधीन छ । शान्ति प्रक्रियामा आएपछि सेनामा जागिर दिने भन्दै माओवादीले गाउँ गाउँबाट युवाहरुलाई जम्मा गरी शिविरमा ल्याएर नाम दर्ता गराएको थियो । प्रमाणिकरणमा उनीहरु अयोग्य ठहरिएपछि त्यसैबेला सरकारले उनीहरुलाई रकम दिएर विदा गरेको थियो । ४ हजार ८ अयोग्य लडाकुका लागि ८० करोड १६ लाख रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ । 
अहिले आफ्नो नेतृत्वमा सरकार बनेपछि फेरि अयोग्य लडाकुलाई दुई दुई लाख रुपैयाँ दिने घोषणा प्रधानमन्त्री दाहालले गरेका हुन् । लडाकु शिविरमा गएको २० अर्व रकम मध्ये ४ अर्व ४७ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा प्रधानमन्त्री दाहाल सहितका माओवादी नेता बिरुद्ध अख्तियारमा मुद्दा छ । शिविरको घोटाला प्रकरणमा छानविन नगर्न आफूले अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग कुरा मिलाइसकेको यसअघि नै प्रधानमन्त्री दाहालले घोषणा गरिसकेका छन् । शिविरको आर्थिक घोटाला छानविन नहुँदै अर्को १६ अर्व रुपैयाँ बाँड्ने कार्ययोजना शान्ति मन्त्रालयले बनाएको छ । 
शान्ति मन्त्रालयले प्रारम्भिक तथ्यांकका आधारमा मन्त्रालयले १३ अर्ब ६८ लाख रुपैयाँको कार्ययोजना बनाएको छ । तर, तथ्यांक थप हुने भएकाले १६ अर्ब रुपैयाँ लाग्ने अनुमान मन्त्रालयले गरेको हो । प्रधानमन्त्री कार्यालयले बजेट सीमासहितको कार्ययोजना असोज ६ भित्र पठाउन शान्ति मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी