×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोविन्द केसीमाथि लाग्यो आरोप, प्राध्यापकहरुद्धारा डिन कार्यालयमा तालाबन्दी

LAXMI SUNRISE BANK

गोविन्द केसीमाथि लाग्यो आरोप, प्राध्यापकहरुद्धारा डिन कार्यालयमा तालाबन्दी

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – डाक्टर गोविन्द केसीले आफूअनुकुल व्यक्तिलाई डिन बनाउन दबाव दिएको खुल्न भन्दै बिहीबार डिन कार्यलयमा तालाबन्दी गरिएको छ ।
बरिष्ठताको आधारमा नियुत्ती गर्नुपर्ने र स्वच्छ छविको व्यत्ति डिन हुनुपर्नेमा कुनै व्यत्तिको स्वार्थ र माग पुरा गराउन डिन नियुत्ती गर्न लागेको भन्दै प्राध्यापकहरुले त्रिवि शिक्षण अस्पतालको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) कार्यालयमा तालाबन्दी गरेका हुन् ।
डीन नियुक्तिको विषयलाई लिएर असन्तुष्ट बनेका आईओएम प्राध्यापक समूहले डीन नियुक्तिमा व्यक्ति हाबी हुन नहुने भन्दै कार्यालयमा तालाबन्दी गरेको जनाएका छन् ।
गत फागुन २१ मा डा. राकेश श्रीवास्तवले राजीनामा दिएपछि शिक्षण अस्पतालको आईओएमको डीन पद रिक्त छ । विरोधमा उत्रिएकाहरुले केसीले डाक्टर जगदिश अग्रवाललाई डिन बनाउन खोजेको आरोप लगाएका छन् ।

  • काठमाडौँ टूडे
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी