×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रपति भण्डारीले पठाइन् दक्षिण कोरियालाई यस्तो पत्र…

LAXMI SUNRISE BANK

राष्ट्रपति भण्डारीले पठाइन् दक्षिण कोरियालाई यस्तो पत्र…

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धधर्म धर्म मात्र नभई सम्पूर्ण मानवको आध्यात्मिक उन्नयनप्रति समर्पित जीवनपद्धति भएको बताएकी छन् ।
दक्षिण कोरियाको राजधानी सियोलमा भइरहेको विश्व बौद्ध भ्रातृत्व सङ्घको २८औँ विश्व बौद्ध सम्मेलनको सफलताको कामना गर्दै पठाएको सन्देशमा उनले विश्व शान्ति, बान्धुत्व र अहिंसाका प्रवर्तक बुद्ध लुम्बिनीमा जन्मिएको सन्दर्भ र यसपटकको सम्मेलनको विषय ‘दैनिक जीवनमा बुद्धधर्म र बौद्धहरुको जीवनपद्धति’ राखिएबाट आफू अत्यन्त प्रभावित भएको बताएकी छन् ।
विगतमा नेपालमा चौथों र पन्ध्रौँ बौद्ध सम्मेलन भएको स्मरण गराउँदै राष्ट्रपति भण्डारीले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहर, बौद्धहरुका साथै शान्ति र स्थिरतामा आस्थाबान् सम्पूर्ण मानिसका लागि एक तीर्थस्थलको रुपमा विकास गर्न नेपालले सक्दो प्रयास गर्दै आएको बताएकी छन् ।
साथै, उनले दक्षिण कोरियाली सरकारबाट यी सम्मेलनहरु आयोजना भइरहेका बेला कोरियाली राष्ट्रपति र कोरियाली जनताको शान्ति र प्रगतिको कामना पनि गरेकी छन् ।
नेपाल र दक्षिण कोरिया दुवै मुलुकले निकट र सौहार्द सम्बन्ध र सहयोग कायम राख्दै आएको र कोरियाले नेपाललाई विभिन्न क्षेत्रमा सहायता उपलब्ध गराउँदै आएको ठूलो सन्तोषको विषय भएको पनि राष्ट्रपतिले आफ्नो सन्देशमा उल्लेख गरेकी छन् ।
सियोलमा असोज १० देखि १४ सम्म विश्व बौद्ध भ्रातृत्व सङ्घको सम्मेलनका साथसाथै विश्व युवा बौद्ध सङ्घ र विश्व बौद्ध विश्वविद्यालय परिषद्का बैठकहरु एकसाथ भइरहेका छन् ।
नेपालका तर्फबाट धर्मोदय सभाका उपाध्यक्ष लक्ष्मीदास मानन्धरको नेतृत्वमा अर्का उपाध्यक्ष रत्नमान शाक्य, महासचिव सागरमान बज्राचार्य, सचिव अशोकनन्द बज्राचार्य र युवक बौद्ध मण्डलका प्रतिनिधि सम्मिलित प्रतिनिधिमण्डलले ती सम्मेलनमा सहभागतिा जनाइरहेको छ ।

  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी