×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतद्वारा पाकिस्तानी भूमिमा आतंकवादी मारेको दाबी

LAXMI SUNRISE BANK

भारतद्वारा पाकिस्तानी भूमिमा आतंकवादी मारेको दाबी

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


एजेन्सी – भारतले पाकिस्तानी भूमिमा प्रवेश गरेर ‘आतंकवादी’लाई मारेको दाबी गर्दा पाकिस्तानले भने आफ्ना दुई सैनिक मारिएको बताएको छ ।
भारत प्रशासित जम्मु कश्मीर वा महत्वपूर्ण शहरमा आक्रमण गर्न आतंकवादीहरु सीमा रेखा क्षेत्रमा जम्मा भएको देखेपछि हमला गरेको भारतले जनाएको छ  । भारतले यसबाट आतंकवादीहरुलाई ठूलो क्षति पुगेको दाबी गरेको छ ।
भारतीय विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा भारतीय सेनाका लेफि्टनेन जनरल रणवीर सिंहले पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेको बताएको छ । केही आतंकवादी सीमा रेखा क्षेत्रको लञ्च प्याडमा जम्मा भएको र घुसपैठ गर्न लागेको सूचनाका आधारमा भारतीय सेनाले सर्जिकल स्ट्राइक गरेको थियो, उनले भने ।
यससँगै १७ भारतीय सैनिकको ज्यान जाने गरी उरी आक्रमणबाट बढेको भारत पाकिस्तानको तनाव थप चर्किएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी