×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माल पाएर चाल नपाएको राखेप, आफुसँग भएको ३७ सय रोपनी जग्गाबारे बेखबर

LAXMI SUNRISE BANK

माल पाएर चाल नपाएको राखेप, आफुसँग भएको ३७ सय रोपनी जग्गाबारे बेखबर

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपालमा खेलकुदको बिकास गर्ने दायित्व बोकेको राष्ट्रिय खेलकुद परिषद् आँफैसँग कति सम्पति होला , तपाईं अनुमान गर्न सक्नुहुन्छ ? पक्कै सक्नुहुन्न ! किन भने सम्पतिको मालिक परिषद्लाई पनि आफ्नो सम्पत्तिको लेखा जोखा छैन भने अरुलाई कसरी याद हुनु !
खेलाडीलाई भत्ता खुवाउन , कर्मचारीलाई तलव दिन र पदाधिकारीलाई विदेश घुम्न सरकारकै मुख ताक्ने मगन्ते मानसिकता बोकेको परिषद्लाई आफ्नो सम्पतिको लेखा राख्ने फुर्सद पनि कसरी हुनु र ? खेलकुद मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार – राष्ट्रका सवै संघ सस्था र सरकारी सस्थान मध्ये सवै भन्दा धेरै भौतिक सम्पत्ती भएको संस्था खेलकुद परिषद् हो ।  तर कस्तुरी मृगले आफ्नो नाभिमा रहेको वास्नाको अस्तित्व थाहा नपाए जस्तै राखेपलाई आफ्नो सम्पतिको अस्तित्ववारे ख्यालै छैन ।
सम्पति कति ?
हामीले एक साता देखी परिषद्का सदस्य सचिवलाई सोधी रहयौ , परिषद्को भौतिक सम्पति कति छ भनेर । तर नेकपा एमालेको राष्ट्रिय खेलकुद महासंघ हुँदै परिषदको कमाण्ड सम्हाल्न पुगेका सदस्य सचिव केशव कुमार बुढाथोकीले आफ्नै सम्पतिको अांकडा वताउन सकेनन वा चाहेनन ।
 उनले नबताएपछि हामीले अन्य श्रोतवाट देशका विभिन्न स्थानमा गरेर परिषदको नाममा ३ हजार ६ सय ७० रोपनी जग्गा रहेको तथ्य फेला पार्यौ । तर परिषद्  भने आफ्नो जग्गा कहाँ र कुन अवस्थामा छ भन्ने मै वेखबर छ । परिषद्का पदाधिकारी आफ्नो सम्पत्तिको तथ्याङ्क थाहा पाउदा जिब्रो टोक्छन । परिषद्का एक पदाधिकारी भन्छन्  – परिषद् यति धनी छ भन्ने कुरा त हामीलाई थाहै थिएन ।
हरायो ७ सय रोपनी
परिषद्को नाममा रहेको तर परिषद् चाल नै नपाएको जग्गा ७ सय रोपनी रहेको छ । काठमाण्डौ , दाङ , गुल्मी ,ताप्लेजुङ , र पर्वत लगयतका ठाँउमा रहेको सयौ रोपनी जग्गा अहिले अरु कसैले प्रयोग गरिरहेका छन् । तर लाचार र वेखबर परिषद् आफ्नो जग्गा खोज्न चाहदैन ।
राजनीतिक पार्टीको फेरो समाएर परिषद्  प्रवेश गरेका कर्मचारी तन्त्र , गुण्डागर्दी र चाकडी बाट वनेको परिषद् नेतृत्व परिषद्को सम्वृद्धिमा लाग्ने कुरै भएन । परिणाम त दाङको ६० विघा भन्दा बढी जग्गा सुकुम्बासीको नाममा स्थानीय राजनीतिक दलले कव्जा गरेका छन । तर परिषद चुपचाप छ ।
काठमाण्डौका विभिन्न स्थानमा रहेको जग्गा र सम्पतिमा पनि विवाद छ । पछील्लो पटक नेपालमा आयोजना गरिएको सागमा इनडोर गेमका लागि चिनियाँ सरकारले वनाइदिएको लैनचौरको कवर्ड हलको छानो चुहिन थालेको छ । भित्ता खुइलिएका छन । खासगरी व्याडमिन्टन र टेवलटेनिसको प्रशिक्षणका लागि बनाइएको उक्त कवर्ड हल प्रशिक्षाणका योग्य अवस्थामा छैन । बरु त्यसको स्वामित्वलाई लिएर काठमाण्डौ महानगरपालिका र परिषद्बिच विवाद छ ।
  • बिजपाटी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी