
- अर्थ सरोकार सम्बतदाता
यात्रीहरुको सुविधालाई मध्यनजर राखी दसैँमा काठमाडौंबाट यात्रु बोकेर साझा बसहरु गोरखा र बागलुङ जाने भएका छन्। घटस्थापनाको भोलिपल्ट अर्थात आगामी आइतबारदेखि ति क्षेत्रमा दैनिक १–१ वटा बसहरु संचालनमा आउने भएका हुन्।
झण्डै १० वर्षपछि साझाका बसहरु उपत्यकाबाहिर संचालनमा आउने भएका हुन्। साझा यातायातका कामु कार्यकारी निर्देशक महेन्द्र राज पाण्डेले दसैँमा यात्रुहरुले टिकट नपाइरहेका बेला संचालनमा आउन लागेका बसले सहजता दिने विश्वास व्यक्त गरे।
बागलुङका लागि पुल्चोकबाट साढे ६ बजे, बसपार्कबाट ७ बजे तथा कलंकीबाट साढे ७ बजे बस छुट्नेछ। त्यस्तै गोरखाका लागि पुल्चोकबाट ७ बजे, बालाजु बसपार्कबाट साढे ७ तथा कलंकीबाट ८ बजे छुट्ने छ।
पोखरा, कुश्मा हुँदै बागलुङ र मुग्लिन, आँबुखैरेनी हुँदै बस गोरखा पुग्नेछ। बागलुङ र गोरखाबाट काठमाडौं आउन चाहने यात्रु पनि सोही बसमा आउन सक्ने छन्।
टिकटका लागि साझाले नयाँ बसपार्क र कलंकीमा काउन्टर राख्ने जनाएको छ। साथै टिकट नपाएमा यात्रुहरुले साझाको हटलाइन नम्वर १६६००१७७७७७ वा फोन नम्वर ०१ ५५५२६८६ मा पनि प्रत्यक्ष सम्पर्क गर्न सक्ने छन्।
यी बसहरु दसैँका लागि मात्रै नभई सधैंको लागि संचालन हुने पाण्डेले जानकारी दिए। ‘रुट पर्मिट नै पाइसकेकाले दसैँका लागि मात्रै नभई दसैँपछि पनि बसहरु संचालन हुने छ’ उनले भने।
यीबाहेक अन्य जिल्लाहरुमा पनि साझा बस चलाउन आफूहरु तयार रहेको उनले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा व्यक्त गरेको प्रतिबद्धताअनुसार १ सयवटा बसहरु किनेर संचालनका लागि साझालाई जिम्मा दिएमा आफूहरु तयार रहेको उनले बताए।
साझाले हालै काठमाडौं महानगरपालिकाको सेयर स्वामित्वमा ल्याएका ३० वटा बसहरुको अहिले प्राविधिक चेक जाँच भइरहेको छ। सडक डिभिजन ह्यावी इक्विपमेन्टका प्राविधकहरुले चेक जाँच गरिरहेको साझा यातायातले जनाएको छ।
प्राविधिक चेक जाँचपछि निर्माता कम्पनी अशोक लेल्याण्डले ति बसहरु साझालाई हस्तान्तरण गर्नेछ। कर्मचारी व्यवस्थापन र बागमति यातायात कार्यालयबाट साझाले रुट पर्मिट पाएपछि काठमाडौं उपत्यकाका विभिन्न रुटमा बस संचालन हुनेछ। त्यस्तै हाल संचालनमा रहेका ३ रुटमा पनि बसहरु थपिने छ।
अहिले नै नयाँ रुटको टुङ्गो नलागेको उनले स्पष्ट पारे। ‘विभिन्न संभाव्य तथा प्रस्तावित रुटहरुबारे छलफल भइरहेको छ, चाँडै नै यसको टुङ्गो लाग्नेछ’ उनले भने। दसैँलगत्तै बसहरु संचालनका लागि आफूहरु प्रयासरत रहेको उनको भनाई छ। नयाँ थपिएसँगै हाल साझासँग ४६ वटा बसहरु छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्