
- अर्थ सरोकार सम्बतदाता
‘चौटा खान गएकी बूढी झोलमा डुबेर मरी’ भनेजस्तै अबस्थामा पुगेका छन माओवादी केन्द्रका केही नेताहरु । गत जेठ ६ गते पार्टी एकीकरण भइ माओवादी केन्द्र बनेको पार्टीमा अन्य पार्टीबाट माउ पार्टीमा मिसिन आएका नेताहरुलाई सौतेनी व्यवहार गर्ने र होच्याएर बोल्ने प्रवृत्ति हावी हुँदै गएसँगै अरु पार्टीबाट एकतामा आएका नेताहरु विरक्तिन थालेका छन ।
पार्टी एकता भए पनि सांसद शून्य पक्षका नेताहरूको जम्बो टोली लाजिम्पाटमा बोलाएर गरिएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताहरूले नेता बादललगायतलाई होच्याएर बोलेका थिए । हरिबोल गजुरेल, वर्षमान पुनलगायतले होच्याउन थालेपछि माओवादी केन्द्र विवादको चरमचुलीमा पुगेको थियो ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पार्टीका नेता रामबहादुर थापा बादल समूहका नेताबीच मत बाँझ्दा माओवादी केन्द्र फुटको संघारमा पुगेको थियो । प्रचण्ड पक्षधरका नेताले बादल, मातृका यादव, मणि थापा, तिलक परियार समूहका अन्य नेताहरूलाई होच्याएर कुरा गरेपछि विवाद चुलिएका हो ।
अहिले कायम रहेको झन्डै २५ सय जनाको केन्द्रीय समितिलाई घटाएर सानो आकारको केन्द्रीय समिति बनाउन बसेको बैठकमा प्रचण्ड पक्षधरका नेताहरूले एकताबाट आएका बादल, मातृका, मणि, तिलक परियारलगायत पक्षधरको प्रस्ताव ठाडै अस्वीकार गरेका थिए । एकताबाट आएका ४ सय ९९ जनाको केन्द्रीय समिति बनाउनुपर्ने अडान राखेको थियो ।
तर प्रचण्ड पक्षधरका नेताहरूले ४ सय ९९ जनालाई आधार मानेर अगाडि बढ्दा आफ्ना पक्षका सिनियर नेताहरू पाखा लाग्ने र एकताबाट आएकाको जुनियर नेताहरू पनि केन्द्रीय समितिमा आउने भन्दै असहमति राखेका थिए । प्रचण्ड पक्षका प्रभावशाली नेताहरूले एकताको संयुक्त अधिवेशनले पारित गरेको नीतिबमोजिमको काम नहुने स्पष्ट पारेपछि विवादले उग्र रूप लिएको थियो । प्रचण्ड पक्षका नेताहरूको उक्त भनाइपछि एकताबाट आएका समूहले पुरानो एमाओवादी पक्षधरका नेताहरूले विचारमा एकता चाहे पनि भावना र व्यवहारमा एकता नचाहेको भन्दै आफूहरू पुरानै ठाउँमा फर्केर जाने बताएका थिए ।
‘६ जेठमा भएको संयुक्त एकता अधिवेशनले पारित गरेको नीति र भावनालाई यदि तपाईंहरूले अस्वीकार गर्नुहुन्छ भने हामी भूल भयो, माफ गर्नुहोला भन्दै फर्किनेछौँ’ बैठकमा एकताबाट आएका नेताहरुले यस्तो अड्डी लिएसँगै प्रचण्ड हच्किएका थिए ति नेताले भने । माओवादी केन्द्रले आगामी कात्तिक १० र ११ गतेका लागि राष्ट्रिय भेला बोलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्