
काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता तथा पूर्वमन्त्री रामजनम चौधरीले टीकापुर घटनाका आरोपीको मुद्दा फिर्ता नलिए निर्वाचन गर्न नदिने चेतावी दिएका छन् । ‘छानी छानी थारुका घरमा आगो लगाइएको छ, त्यसको चर्चा हुँदैन, आफ्नो अधिकारका लागि लडेका जनतालाई दमन गरेर भएको घटनालाई राजनीतिक नमान्ने ? ब्यवस्थापिका संसद राज्य ब्यवस्था समितिको बैठकमा चौधरीले भने ‘मुद्दा फिर्ता भएन भने हामी निर्वाचन हुन दिँदैनौ ।’
चौधरीले मात्र नभई मधेसी मोर्चा आवद्ध सांसद र नेपाली कांग्रेसका नेताहरुले पनि टीकापुर घटनाका आरोपीको मुद्दा फिर्ता लिनु पर्ने बताएका छन् । संघिय समाजबादी फोरमका सांसद लालबावु राउतले भने ‘झापा विद्रोहका नाइके र १७ हजार मान्छे मार्ने जनयुद्धका नाइके प्रधानमन्त्री बन्न हुने, टीकापुर घटनाका आरोपीको मुद्दा फिर्ता लिन किने नहुँने ?’
उनले झापा बिद्रोहमा दर्जनौको हत्या एमाले अध्यक्ष केपी शर्मा ओली र जनयुद्धका नाममा १७ हजार नागरिक मार्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको बताए ।
‘ओलीजीले झापा आन्दोलनमा त्यतिका मान्छे मार्नु भयो, के त्यो विद्रोहमा गुलेली चलाउनु भएको थियो’ रावतले भने ‘तिनै ब्यक्तिबाट मधेसबादी दलको आन्दोलनलाई अपराधीकरण गरिदैछ ।’ कांग्रेस सांसद अमरेशकुमार सिंहले मधेसको आन्दोलनलाई राजनीतिकरुपमा सम्वोधन नगरेसम्म निर्वाचन हुन नसक्ने बताए ।
तर राज्य ब्यवस्था समितिको बैठकमा एमाले सांसदहरुले ८ बर्षे बालकलाई मार्ने, प्रहरीलाई भाला रोपेर हत्या गरेको नरसंहारलाई राजनीतिक घटना मान्न नमिल्ने बताए । ‘८ बर्षे बालकको के राजनीतिक दोषि थियो ? प्रहरीलाई ज्यूदै जलाउनु राजनीति हो ?’ एमाले सांसद यज्ञबहादुर सुनारले सरकारसँग प्रश्न गरे ।
राज्य ब्यवस्था समितिमा गृहमन्त्री र कानुनमन्त्रीलाई पनि बोलाइएको थियो ।
- एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्