
- अर्थ सरोकार डट कम
काठमाडौं – जय भीमसेन मिट सप जोरपाटीमा मङ्गलवार कुहिएको माछा भेटिएपछि अनुगमन टोलीले २० किलो माछा नष्ट गरेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियमित रूपमा अनुगमन गर्दा कुहिएको माछा भेटिएको हो ।
त्यस्तै थापागाउँस्थित त्रिशु स्टोर्सले म्याद नाघेको चिसो पेयपदार्थ बिक्री–वितरण गरेको पाएपछि छ सय एमएलको १० बोतल ड्यू, पाँचसय एमएलको स्प्राइट दुई बोतल नष्ट गरिएको छ । अनुगमन अधिकृत ढुण्डीराज पोखरेलका अनुसार लुम्बिनी ग्रोसरीबाट पाँचसय एमएलको १२ बोतल फ्याण्टा र तीनसय एमएलको पाँच बोतल कोकाकोला नष्ट गरी उक्त पसललाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिइएको छ ।
व्यवसाय दर्ता नगरेको र सरसफाइ नभएको पाएपछि काठमाडौं मलको दिदीको चमेना गृह, प्रियाश फास्ट फुड, जयसवाल जुस भण्डार, हिट मम एण्ड कर्नरलाई सात दिनभित्र व्यवसाय दर्ताको कागजपत्र लिई आउन निर्देशन दिइएको छ ।
अनुगमनकै क्रममा व्यवसाय दर्ता नगरेको, नापतौल यन्त्र प्रमाणीकरण नगरेको, मूल्यसूची नराखेको र सरसफाइसमेत नगरेको पाएपछि न्यू कञ्चन मटन फ्रेस हाउस जोरपाटी, पुनु मिट सप जोरपाटी, एभरेस्ट कोल्ड स्टोर जोरपाटी, रक्तकाली लाइभ एण्ड कोल्ड स्टोर्स जोरपाटी, ठूले तामाङ मिट सप जोरपाटी, आले मासु मिट सप जोरपाटी, माइला कोल्ड स्टोर्स जोरपाटीलाई सात दिनभित्र कागजपत्र लिई विभागमा आउन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्