×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कश्मिर भारतको होइन र कहिल्यै हुन पनि सक्दैन’

LAXMI SUNRISE BANK

‘कश्मिर भारतको होइन र कहिल्यै हुन पनि सक्दैन’

१२ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – भारतीय विदेशमन्त्री सुस्मा स्वराजले राष्ट्रसंघको महासभामा आफ्नो भूभाग बलुचिस्तानबारे प्रश्न उठाएपछि पाकिस्तानले कश्मिर पनि भारतको भूभाग नभएको बताएको छ ।
भारतीय विदेशमन्त्री सुस्मा स्वराजले कश्मिरलाई लिएर पाकिस्तानले हिंसा फैलाइरहेको दाबी गरेपछि पाकिस्तानले राष्ट्रसंघमा कडा जबाफ दिएको हो ।
सुष्माले सोम‍वार राष्ट्रस‌ंघमा आफ्नो देशबारे दिएको मन्तब्यलाई पाकिस्तानकी राष्ट्रसंघीय प्रतिनिधिले कश्मिरबाट ध्यान भड्काउनका लागि दिएको झुटको पुलिन्दाको संज्ञा दिएकी हुन् ।
राष्ट्रसंघमा नवाज शरिफको भाषणको पाँच दिनपछि सुष्मा स्वराजले सोमवार जवाफ दिएकी थिइन् । उनले कश्मिर भारतको भूभाग रहेको बताउँदै भारतकै रहिरहने जिकिर गरेकी थिइन् । उनलाई कश्मिर आफ्नो बनाउने सपना नदेख्न पनि भनेकी थिइन् ।
राष्ट्रसंघमा पाकिस्तानकी प्रतिनिधि मलिहा लोधीले सुष्माको वक्तब्यको जवाफ दिँदै भनिन्, ‘भारतकी विदेश मन्त्रीको भनाइ झुठो र निराधार हो । उनको आरोप गलत हो ।’ उनले राष्ट्रसंघमा बोल्दै भारतको तर्फबाट आफ्नो आन्तरिक मामिला बलूचिस्तानबारे बोल्नु अन्तरराष्ट्रिय नियमको उलंघन भएको बताइन् ।
‘कश्मिर भारतको अभिन्न भूभाग होइन र कहिले हुनेपनि छैन । यो भूभाग विवादित क्षेत्र हो, यो कुरा विश्वले बुझेको छ’, मलिहाले भनिन् ।मलाहीले ‘राइट टु रिप्लाई’ को प्रयोग गर्दै सुष्मालाई ‘इँटाको जवाफ पत्थरले’ दिँदै भारतमाथि निशाना साँधेकी हुन् ।
कश्मिरमा भइरहेको मानवअधिकार हननबारे पाकिस्तानले उठाएको सवालबारे सुष्माले राष्ट्संघमा बोल्दै ‘जसको घर शिशाको हुन्छ, उसले अर्काको घरमा पत्थर फ्याक्न हुँदैन’ भनेकी थिइन् ।
पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफका विदेश मामिला सल्लाहकार सरताज अजिजले पाकिस्तानलाई कूटनीतिक स्तरमा अलग थलग गर्ने भारतको प्रयासमा झट्का लागेको दाबी गरेका छन् ।
पाकिस्तानी पत्रिका डनको रिपोर्ट अनुसार अजिज ५६ देशका संगठन इस्लामिक कर्पोरेशन अर्गनाइजेशन (आईसीओ), राष्ट्रसंघ र विश्वका कयौं स‌ंस्था कश्मिरबारे पाकिस्तानको धारणामा समर्थन गरेको बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी