
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसी मोर्चाबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रचण्डलाई भेट्न बालुवाटार पुगेका मोर्चाका नेताले संविधान संशोधन, स्थानीय तह पुर्नसंरचना लगायतका विषयमा कुरा राखेका थिए । उनीहरुले तत्काल संविधान संशोधन प्रक्रिया अघि बढ्नुपर्ने र तीन दलबीच स्थानीय तह पुर्नसंरचनाको विषयमा भएको सहमति मान्य नहुने धारणा राखेका थिए ।
भेटमा प्रचण्ड प्रधानमन्त्री भएको लामो समय बितिसक्दासमेत मोर्चाको मागका सम्बन्धमा ठोस कदम चचालेको भन्दै मोर्चाका नेताले असहमति जनाएपछि प्रचण्डले तत्काल माग सम्बोधन गर्ने आश्वासन दिएका थिए ।
मोर्चाका नेताले स्थानीय तह पुर्नसंरचनाका विषयमा असन्तुष्टी जनाएपछि प्रचण्डले सबै पक्षको चासो र मागलाई केन्द्रमा राखेर नै स्थानीय तहको पूर्नसंरचना गर्ने आश्वासन दिएका थिए ।
त्यसैगरी प्रचण्डले संविधान संशोधनको गृहकार्य भइरहेको बताउँदै तत्काल संशोधन प्रस्ताव दर्ता गराउने बताएका थिए । प्रचण्डले आफूसँग भएका सहमति पालना हुने कुरामा शंका नगर्न आग्रह गरेपछि मोर्चाका नेताहरु कन्भिन्स भएर फर्किएका थिए ।
- काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्