×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नुन प्रतिकिलो १ सय २०

LAXMI SUNRISE BANK

नुन प्रतिकिलो १ सय २०

१२ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – तिब्बत सीमाका दुर्गम गाविसमा नुनको मूल्य महँगो रहेको छ । सरकारी ढुवानी अनुदानमा साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिकिलो ९ रुपैयाँमा उपलब्ध गराउने आयोडिनयुक्त नुनको मूल्य काँडा गाविसमा प्रतिकिलो १ सय २० रुपैयाँ छ । 
ढुवानी भाडाले आयोडिनयुक्त नुन दुर्गम क्षेत्रमा महँगो पर्ने गर्दछ । त्यसैले त्यहाँका अधिकांशले तिब्बतबाट ल्याएको ढिके नुन प्रयोग गर्दै आएका छन । नुन पनि सुनजस्तै महँगिएको र आयोडिनयुक्त नुन हुनेखानेले मात्र प्रयोग गर्ने स्थानियको गुनासो छ । 
आयोडिनयुक्त नुन १ सय १० रुपैयाँ पर्छ भने तिब्बतबाट ल्याएको नुनको मूल्य धुलीमा प्रतिकिलो ६० रुपैयाँ पदर्छ । 
 यहाँका व्यापारी जयपाल लामाका अनुसार खच्चरबाट ल्याउँदा सदरमुकामदेखि धुलीसम्मको भाडा प्रतिकिलो ९० रुपैयाँ पर्ने भएकाले नुनको मूल्य महँगो पर्दछ । चैतदेखि असारसम्म र भदौदेखि मंसिरसम्म खच्चर चल्ने र अन्य महिनामा वर्षा र हिउँका कारणले बाटो बिग्रने भएकाले भरियालाई बोकाएर ढुवानी गर्नुपर्दा मूल्य झन्डै दोब्बर परिरहेको उनले बताए ।
भरीयाद्वारा ल्याउँदा एक किलोको १ सय ७० रुपैयाँ पर्न र खच्चरबाट ढुवानी गरेको नुन पनि बलौडीमा किलोको १ सय २० र त्यसभन्दा माथि रहेका अस्थायी होटलहरूमा १ सय ५० सम्म पर्ने गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी