×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली बजारमा पेटोलियम पदार्थको आफ्नो हैकम जमाउन भारतको प्रस्ताव

LAXMI SUNRISE BANK

नेपाली बजारमा पेटोलियम पदार्थको आफ्नो हैकम जमाउन भारतको प्रस्ताव

१२ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बतदाता 

काठमाडौँ – भारतको एकाधिकार तोड्दै चीनबाट पनि पेटोलियम पदार्थ ल्याउन सक्ने अघिल्लो सरकारको सम्झौतामा तगारो बन्दै भारतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई १५ बर्ष आफुहरुसँग मात्र इन्धन खरिद गर्न औपचारिक प्रस्ताव पठाएको छ ।
नेपाली बजारमा पेटोलियम पदार्थको आफ्नो हैकम जमाउन भारतले यस्तो प्रस्ताव गरेको छ । रक्सौल अमलेखगन्ज पेटोलियम पाइपलाइन निर्माण योजना अन्तिम चरणमा पुगेका बेला भारतले १५ बर्ष आफुहरुसँग मात्र पेटोलियम पदार्थ खरिदको सर्त अगाडी सारेको छ ।
नेपाल आयल निगमका अधिकारीहरुसँग भारतमा भएको बैठकमा इन्डियन आयल करपोरेशनका अधिकारीहरुले यस्तो सर्त राखेका हुन् । तर निगमका पदाधिकारीहरुले भने तत्कालका लागि यो प्रस्ताव अस्वीकार गरेका निगममा कार्यकारी निर्देशक गोपाल खड्काले बताए ।
भारतले नाकाबन्दी गरेपछि केपी ओली नेतृत्वको सरकारले चीनसँग पारवहान सम्झौता गर्दै भारतबाहेक देशबाट पनि इन्धन ल्याउन सक्ने बाटो खोलेको थियो । तर भारतीय पक्षले त्यही सम्झौता तोड्न यस्तो प्रस्ताव गरेको छ ।
सन् २०१२ मा आइओसीसँग भएको इन्धन खरिद तथा आयात सम्बन्धी सम्झौता सन् २०१७ मा नविकरण गर्नुपर्नेछ । नविकरणमा नेपालले पाइपलाइन विस्तारको प्रस्ताव गरेको थियो भने पहिले भारतले त्यसका लागि समर्थन पनि जनाएको थियो । तर हाल आएर १५ बर्षे सर्त राखेको खड्काले बताए ।
भारतबाट नेपालले ४० बर्षदेखि इन्धन किन्दै आएको छ । त्यही एकाधिकार कायम राख्न भारतले १५ बर्षसम्म अन्यदेशबाट इन्धन खरिद गर्न नपाउने, ठूला ठूला पम्प चलाउने प्रस्ताव गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी