×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बोर्डको सिए पढ्नेलाई खुसीको खबर : क्याप टुको सर्टिफिकेट धितो राखेर एनबी बैंकले दिनेभो ३ लाखसम्म ऋण

LAXMI SUNRISE BANK

नेपाल बोर्डको सिए पढ्नेलाई खुसीको खबर : क्याप टुको सर्टिफिकेट धितो राखेर एनबी बैंकले दिनेभो ३ लाखसम्म ऋण

१२ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान ) अन्तर्गत सिएको दोश्रो तह क्याप टु उतिर्ण गरेकालाई नेपाल बंगलादेश बैंकले ३ लाखसम्म सर्टिफिकेट धितो राखेर कर्जा दिने भएको छ । आइक्यान र एनबी बैंक बीच बुधबार हुने सम्झौता अनुसार क्याप टु सकेर क्याप थ्रीमा अध्ययन गरिरहेका विद्यार्थीहरुले आफ्नो क्याप टु को सर्टिफिकेट धितो राखेर ३ लाखसम्म ऋण पाउने भएका छन् ।
‘क्याप टु सकेर क्याप थ्री अध्ययन गरिरहेका विद्यार्थीहरुले क्याप टु को सर्टिफिकेट धितो राखेर शैक्षिक कर्जा लिन सक्नेछन् । हामीले अहिले ३ लाखसम्म कर्जा दिने सम्झौता गर्न लागेका छौं । ‘ नेपाल बंगलादेश बैंकका प्रमुख बित्त अधिकृत सिए सुरेश देवकोटाले जानकारी दिए ।   
आज बुधबारदेखि नै आइक्यान परिसरमा एनबी बैंकले आफ्नो काउन्टरसमेत राख्ने भएको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी