
- अर्थ सरोकार सम्बाददाता
ललितपुर – दशैं र तिहारको अवसर पारेर ललितपुरमा गोल्डेन डायमण्ड दशैं तिहार महोत्सव २०७३ को आयोजना हुने भएको छ । पाटनकै पहिलो डायमण्ड शोरम ‘गोल्डेन डायमण्ड एण्ड ज्वेलरी’ ले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
दशैं तथा तिहारको अवसरमा आयोजना हुन लागेको ज्वेलरी महोत्सवमा ज्वेलरीहरुको खरिदमा छुट समेत प्रदान गरिने बताइएको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै गोल्डेन डायमण्ड ज्वेलरीका प्रबन्धक ज्ञानु राजा शाक्यले उक्त मेलामा हिराको गरगहनाहरुको मूल्यमा ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बताएका छन् ।
यहि असोज १३ गतेदेखि कार्तिक १४ गतेसम्म हुन लागेको महोत्सवलाई लक्षित गरेर गोल्डेन डायमण्ड ज्वेलरीले गहनाका नयाँ डिजाइन पनि बजारमा ल्याएको छ भने उक्त नयाँ डिजाइनका गहनाहरु ज्वेलरी महोत्सवमा प्रस्तुत हुने बताइएको छ । महोत्सव अवधिभर शोरुमले दशैं र तिहारको शुभकामना स्वरूप ग्राहकलाइ सन्तुष्ट बनाइ आफ्नो ब्राण्डिङ गर्ने बताएको छ । ‘हिन्दुहरुको महान चाड दशैं र तिहारको अवसरमा आफ्नो ग्राहकहरुलाई शुभकामना दिनु र आफ्नो ब्राण्डिङ गर्नु हाम्रो मुख्य उदेश्य हो’ – प्रबन्धक शाक्यले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्