
- अर्थ सरोकार सम्बतदाता
काठमाडौँ – नेसनल ट्रेडिङ लिमिटेड टेकुमा रहेको पेट्रोल पम्पले पाँच लिटर तेल भर्दा ४० मिलिलिटर कम वितरण गर्ने गरेको भेटिएको हो ।
नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले सोमबार गरेको जाँचमा उक्त परिणाममा कम तेल दिने गरेको फेला पारेको कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए । ‘हेलो सरकार’मा परेको निवेदका आधारमा जाँच गर्दा उक्त परिमाण फेला पारेको हो ।
“नागरिकलाई तेल भर्दा ठगी गरेकाले उक्त पम्पलाई तेल वितरणमा रोक लगाएका छौँ,” उनले भने । यस्तै कार्यालयले नयाँ बजारमा रहेको खुश्बु कोल्डस्टोरले इजाजत अनुमतिपत्र नलिई सञ्चालन गरेको तथा ढक, तराजु जाँच नगराई सञ्चालन गरिएको पाईएको छ ।
उक्त कोल्डस्टोरलाई जरिवानाका लागि कार्यालयमा हाजिर हुन बोलाइएको छ । यसैगरी हेलो सरकारको उजुरीकै आधारमा बत्तीस पुतलीमा रहेको कुमारी आयल स्टोरमा पनि अनुगमन गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्