×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व राजा ज्ञानेन्द्र मख्ख, सरकारकै कारण राष्ट्रपति हिस्स हुने

LAXMI SUNRISE BANK

पूर्व राजा ज्ञानेन्द्र मख्ख, सरकारकै कारण राष्ट्रपति हिस्स हुने

११ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सामान्यतया राष्ट्राध्यक्षले नै सांस्कृतिक परम्परालाई निरन्तरता दिने गणतन्त्र नेपालले संस्कार बसाएको थियो । तर, यसपटक सरकारका कारण राष्ट्रपति हिस्स हुने अवस्था आएको छ, जहाँ पूर्वराजा ज्ञानेन्द्र मख्ख पर्दै छन् ।
पचली भैरवको जात्राको दर्शन र पूजाआजा गर्न तथा खड्ग साट्न यस वर्ष आयोजकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निम्तो दिए । जबकि, त्यहाँ राष्ट्रपति पुग्नुपर्ने हो । पचली भैरवको नयाँ घ्याम्पो फेरेको वर्ष राष्ट्राध्यक्ष गएर पूजाआजा र दर्शन गर्ने परम्परा छ । असोज १६ गते यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र जाने भएका हुन् ।
मल्ल राजा गुणकामदेवको पालादेखि सुरु भएको पचली भैरव जात्रामा राजा त्रिभुवन बर्षेनि जान्थे भने राजा वीरेन्द्र दर्शन र पूजाआजाका लागि जाने गरेका थिए । २०५८ सालमा राजा भएपछि राष्ट्राध्यक्षको हैसियतमा पचली भैरवको पूजा गरेका ज्ञानेन्द्र त्यसको १५ वर्षपछि फेरि जात्रामा सहभागी हुन असोज १६ गते भीमसेनस्थान पुग्दै छन् ।
०५८ सालमा फेरिएको घ्याम्पो जीर्ण भएपछि यस वर्ष पचली भैरवको घ्याम्पो फेरिएको हो । नयाँ घ्याम्पो शनिबार थकुजुजु (नेवारी राजा) को घरमा भित्र्याएर पूजाआजा गरियो । हरेकपटक घ्याम्पो फेर्दा राष्ट्राध्यक्षले पचली भैरवको पूजा गर्ने चलन छ । घ्याम्पो फेर्न पूर्वराजा ज्ञानेन्द्रले २६ लाख रूपैयाँ सहयोग गरेको र सरकारी पक्षलाई पटकपटक आग्रह गर्दा पनि वास्ता नगरिएपछि पूजाआजा र दर्शनका लागि पूर्वराजालाई बोलाइएको आयोजक बताउँछन् ।
‘सरकारले वास्ता नगरेपछि जात्रा रोक्ने काम हुँदैन । राजा नै हुन्, उनले गरेका छन् । अभिभावक हुन् भनेर बोलाएका हौं’, आयोजक स्रोतले भन्यो, ‘यो सरकारले वास्ता नगरेपछि राष्ट्रपतिलाई बोलाउन असम्भव भयो ।’
तामामा सुनको लेपन गरेर बनाइएको घ्याम्पो निर्माणमा २६ लाख रूपैयाँ खर्च लागेको छ । कुनै बेला पचली भैरव गुठीका नाममा छाउनीदेखि टेकुसम्म चार सय ७० रोपनी जग्गा थियो, सरकारले गुठीको नाममा ल्याएपछि अहिले एक आना पनि छैन । घ्याम्पो निर्माणलगायत जात्रा सञ्चालनका लागि संस्कृति मन्त्रालयलाई जानकारी गराउँदा कुनै प्रतिक्रियासम्म नदिएको आयोजकले जनाएको छ ।
उता, ज्ञानेन्द्रको उक्त सवारीका क्रममा राजावादीले राजतन्त्रका लागि अपिल गर्ने योजना बनाएका छन् । सरकार कमजोर भएको र संविधानमा पनि विवाद आइरहेका बेला राष्ट्राध्यक्षले गर्ने काममा निस्कन लागेका पूर्वराजाका लागि तीन हजार बढी युवाले व्यवस्थापनको जिम्मा लिएका छन् । उनीहरूले राजतन्त्र फर्काउन सार्वजनिक अपिलको पनि तयारी गरेको जनाइएको छ ।
  • जनप्रहार साप्ताहिक बाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी