×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजदेखि ५० को नयाँ नोट बजारमा, नोटमा नयाँ चित्र

LAXMI SUNRISE BANK

आजदेखि ५० को नयाँ नोट बजारमा, नोटमा नयाँ चित्र

११ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बतदाता 

नेपाल राष्ट्र बैंकले आजदेखि रु ५० दरका नयाँ नोट बजारमा पठाउने भएको छ। नयाँ नोटमा गभर्नरका रुपमा डा. चिरञ्जीवी नेपालले हस्ताक्षर हुनेछ भने पुरानो नोटमा भएको चित्रको ठाउँमा नयाँ चित्र आउने भएको छ ।

बजारमा पठाउनका लागि गभर्नरले हिजै साँझ मुद्रा व्यवस्थापक विभागलाई स्विकृति दिएका थिए। गभर्नर नेपालले नयाँ नोटमा नेपालकै हिउँचितुवाुको तस्बिर राखिएको जानकारी दिँदै पहिलो पटक नेपाली नोटमा प्रामाणिक तस्बिर राखिएको बताए।

पुरानो नोटमा हिमालतिर भेटिने भनिएको हिमाली भेडाु अर्थात् थारको तस्बिर राखिएको थियो। थार प्रमाणित जनवार होइन। छ भनिएको छ तर त्यो छ कि छैन कसैलाई थाहा छैन, नेपालले भने, यसपालि नेपालमै पाइने हिउँचितुवा राखिएको हो।

गभर्नर नेपालले एक हजारबाहेक सबै नोटमा प्रमाणित जनवारहरु मात्र राखिएको जानकारी दिएका छन्। अहिलेसम्म १०० को नयाँ नोट मात्र बजारमा छ।

आजैदेखि नयाँ नोटको वितरण सुरु हुनेछ, विभागका कार्यकारी निर्देशक भुवन कँडेलले भने, नयाँ नोटको विशेषता भनेको हिउँचितुवासँगै नयाँ गभर्नरको हस्ताक्षर।

उनले ठूला दरका नोटमा सेक्युरिटिज फिचरहरु राखिए पनि ५ देखि ५० सम्मका नोटमा नथपिएको जानकारी दिए। लागतका कारणले पनि सानो दरका नोटहरु नक्कली निस्कँदैनन्, उनले भने, ठूला दरका भने हरेक पटकजसो हामीले सेक्युरिटिज फिचर थपिरहेका हुन्छौं। किनभने यसको नक्कली निस्कने सम्भावना बढी हुन्छ।

पैसा कसरी प्रयोग गर्नेर ?
राष्ट्र बैंकले नयाँ नोट नीति अन्तर्गत सर्वसासधारणलाई पैसा प्रयोग गर्ने विधि पनि सिकाएको छ। उसले ९ वटा बुँदामा नयाँ नोट प्रयोग गर्ने विधि सिकाएको हो।

नयाँ नोट दसैंमा मात्र होइन हरेक समयमा उपलब्ध गराउने हाम्रो नीति हो, गभर्नरले भने, त्यसका लागि सर्वसाधारणले पनि पैसा प्रयोग गर्न जान्नुपर्छ। उनले पैसालाई जतन गरेर चलाए सधैंभरि नयाँ नोट बोक्न सकिने बताए।

 प्रयोग विधिबारे राष्ट्र बैंक यसो भन्छ

  •     मनी ब्याग वा परेसको प्रयोग गरी नोटको जतन गर्ने।
  •     नोटलाई जथाभावी केरमेट नगर्ने।
  •     नोटलई अबिर, अक्षता, माटो, धमिरा, मुसा, आगो र पानीबाट जोगाउने।
  •     नोटलाई कच्याककुच्चक नपार्ने, पोको नपार्ने तथा जमिनमा नगाड्ने।
  •     पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएको हातले नोट नछुने।
  •     आवश्यकभन्दा बढी नोट बैंकमा जम्मा गर्ने।
  •     बैंक चेक, एटिएम कार्ड प्रयोग गरी नगद कारोबार कम गर्ने।

    कारोबारको क्रममा शंकास्पद नोटहरु पाइए राष्ट्र बैंक वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गराउने।
    नोटलाई जतन गर्ने विधि अरुलाई पनि सिकाउने।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी