×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैं विशेष : यी भिडियोहरु हेरेपछि दशैंमा तपाईंले सायद पिउनुहुन्न कोकाकोला…! (हेर्नुहोस् ५ भिडियो)

LAXMI SUNRISE BANK

दशैं विशेष : यी भिडियोहरु हेरेपछि दशैंमा तपाईंले सायद पिउनुहुन्न कोकाकोला…! (हेर्नुहोस् ५ भिडियो)

११ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम



  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – दशैं नजिकिँदो छ । दशैंमा साथीभाई वा इष्टमित्रसँग बसेर रमाइलो गर्दा मासु, मदिरासँगै सबैभन्दा बढी खपत हुने चीज ‘सफ्टड्रिंक्स’ पनि हो । त्यसमा पनि दशैंमा बढी पिइने पेयपदार्थमध्ये कोकाकोला एक हो । विशेषगरी कोकाकोलाका पारखीहरु दशैंमा मासु, चिउरासँग कोकाकोला खाने गर्छन् । त्यस्तै पाहुनालाई सत्कार गर्नुपरेको खण्डमा पनि बढी प्रयोगमा आउने पेय पदार्थ कोकाकोला नै हो ।  एकिन तथ्यांक नभएपनि गर्मीका बेला वा चाडबाडका बेला नेपालमा सबैभन्दा बढी विक्री हुने पेय पदार्थ कोकाकोला नै हो ।

‘तर के हामीले दशैंमा बढी प्रयोग गर्ने कोकाकोला स्वास्थ्यकालागि फाइदाजनक छ त ? कतै कोकाकोलाले हाम्रो स्वास्थ्यमा हानी त गर्दैन ?’ जस्ता प्रश्नहरु बारम्बार उठ्ने गरेका छन् । विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमका समाचारहरु हेर्ने हो वा कोकाकोलामा प्रयोग भएको एसिडबारे तयार भएका युट्युबका भिडियोहरु हेर्ने हो भने कोकाकोला स्वास्थ्यका लागि फाइदाजनक नभएको तथ्य प्रस्तुत गरिएको छ भने विभिन्न डाक्टरहरु पनि कोकाकोला स्वास्थ्यका लागि फाइदाजनक नभएको बताउँछन् ।

के कोकाकोलाले स्वास्थ्यमा हानी गर्छ ?
चिकित्सकहरुका अनुसार कोकाकोलाले शरीरमा निकै ठुलो हानी गर्छ । ‘कोकाकोलामा हुने एसिड कतिपय ठाउँहरुमा शौचालय सफा गर्न समेत प्रयोग हुने गरेको छ । यसले हाम्रो शरीरलाइ फाइदा हुने कुनै पनि काम गर्दैन । कोकाकोलाले एकातर्फ पाचन प्रक्रियामा असर पुर्याउँछ भने अर्कोतर्फ मोटोमन बढाउन समेत सहयोग गर्छ । यसले विशेषगरी आन्द्रामा ठुलो असर गर्छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक चिकित्सकले भने । स्वास्थ्यसँग सम्बन्धित खुराकहरु प्रस्तुत गर्ने अन्तराष्ट्रिय वेव साइट हेल्दी एण्ड नेचुरल लाइफ डटकम  का अनुसार कोकाकोलाले स्वास्थ्यमा प्रतिकुल असर गर्छ ।

उक्त साइटका अनुसार कोकाकोला पिउनका लागि भन्दापनि शौचालय सफा गर्न लगायतकामा काम लाग्छ । उक्त साइटका अनुसार कोकाकोला पिएपछि त्यसको असर दिमागसम्म पर्छ र मानिसको स्वास्थ्यमा निकै ठुलो असर गर्छ । यता भारतीय गुरु रामदेवले पनि कोकाकोला नपिउन आफ्ना अनुयायीहरुलाई सुझाव दिएका थिए । कोकाकोलापिउनाले स्वास्थ्यमा प्रतिकुल  असर गर्ने हुनाले जो कोहिले पनि कोकाकोला पिउन नहुने उनको तर्क थियो । यहि तर्क राखेकै कारण उनको भारतमा केहि  वर्ष अगाडी बढी नै चर्चा भएको थियो   ।कोकाकोला भारतमा  पनि निकै  पिइने पेय पदार्थ हो ।
कोकाकोलाले स्वास्थ्यमा हानी गर्छ भनी प्रस्तुत भएका केहि भिडियोहरु हेर्नुहोस : 
 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी