×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी साना ‘पशुपतिप्रसाद’हरु… जो १ रुपैयाँका लागि यतिसम्म गर्न तयार छन्

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

यी साना ‘पशुपतिप्रसाद’हरु… जो १ रुपैयाँका लागि यतिसम्म गर्न तयार छन्

Artha Sarokar

१० आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • कृष्णा चौलागाईं /अर्थ सरोकार डटकम 
काठमाडौँ – पशुपतिनाथमा अहिले सोर्ह श्राद्ध चलिरहेको छ । नेपाली चलचित्र पशुपतिप्रसादमा देखाईएझैं पशुपतिको यथार्थ हो यो, ‘जहाँ १ रुपैयाँका लागि बालबालिका जोखिमयुक्त काम गरिरहेका छन् ।’ दिनको आरम्भदेखिनै पशुपति मन्दिर नजिकै रहेको र्आयघाटमा पुगेर यिनीहरुको दैनिकी सुरु हुन्छ । र अरुले बगाएको पैसा र बत्ती भएको टपरी कुन बेला खोलामा आउँछ भनेर कुरेर बस्छन् । यिनीहरु मात्र होइन यिनीहरु जस्ता धेरै बालबालिकाहरु पशुपति वरपर भेटिन्छन्, जसलाई जीवनभन्दा प्यारो त्यो एक रुपैयाँ छ ।
‘पढ्न जाने गरेको छैन ?’ हाम्रो प्रश्नमा पशुपतिमा भेटिएका साइला उपनामले चिनिने गरेका बालक सुरेश भन्छन्, ‘अहँ छैन ।’ ‘आजभोली त श्रद्धाको समय छ । पैसा पाउनको लागी त्यति गारो पनि छैन । नत्र त्यहि एक रुपैयाले गर्दा साथिहरु झगडा मात्र होइन कुटपिट पनि चल्छ यहाँ ।  हामीहरुचाहिं मिलेर पैसा बाढछौं । सबैको ग्यांङ छ, ठूला दाइहरुले देख्नुभयो भने कुट्नुहुन्छ ।’ आफ्नो कसैले नासुनिदिएको पीडा पोख्दै थिए सुरेश । 
यहिबाटो एनजीओ चलाएर बालश्रम वा बालबालिकाका अधिकारका चर्चा भाषण गर्नेहरु पनि हिड्छन् । सायद यिनीहरुलाई उनीहरुले देख्दैनन् होला । कापी र  कलम समाउनु पर्ने समयाम यि र यस्ता धेरै बालबालिकाहरु यही काम गरी रहेका सहजै पाउन सकिन्छ । सरकारले सबैलाई शिक्षा भन्दै  कक्षा १० सम्म निशुल्क शिक्षा दिने घोषणा गरिरहेको छ । तर यहिबेला यि र यस्ता बालबालिका भने १ रुपैयाँका लागि ज्यान दिइरहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी