×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिन्दुराष्ट्र र संबैधानिक राजतन्त्रको एजेण्डा बेचेर कमल थापा धनी भए

LAXMI SUNRISE BANK

हिन्दुराष्ट्र र संबैधानिक राजतन्त्रको एजेण्डा बेचेर कमल थापा धनी भए

१० आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

मेरो श्रीमती शशिकला राजभण्डारी राप्रपा नेपाल पार्टीमा आवद्ध भएको कारण र कमल थापाको विशेष अनुरोधमा म पार्टीमा आवद्ध भएको हुँ । सो पार्टीको एजेण्डा मलाई सुँहाउदो भएको कारण पनि सो पार्टीमा गएको हुँ । अर्काे तर्फ पार्टीको एजेण्डा मन परेको हुनाले पनि सो पार्टीमा समावेश भएको हुँ । पहिचानका लागि हिन्दुराष्ट्र,सर्वधर्म समभाव भएको हुनाले सो पार्टीको सिद्धान्त मन पर्यो र उक्त पार्टीमा आवद्ध भए ।
स्थानीय शासन व्यवस्थाका आधारमा पार्टी अगाडि बढेको थियो । पार्टीको सिद्धान्त,उदेश्य र एजेण्डा उपयुक्त राष्ट्रवादी थियो । त्यसकै आधारमा हामीले धेरै योगदान पुर्यायौं । सबैभन्दा बढी योगदान मैले पुर्याएको सिंगो पार्टी र जनतालाई थाहै छ । त्यही कारण हिजो चार सिटे पार्टी पच्चीस सिट ल्याएर चौथो बन्यो । तर कमल थापाको क्रियाकलापबाट पार्टी एजेण्डा सबै विक्री भएर पार्टी छिन्नभिन्न भइसकेको छ ।
उनले राजाको एजेण्डा, हिन्दुराष्ट्र सबै एजेण्डा बेचे । धर्मनिरपेक्षताको आधारमा बनेको संविधानलाई विश्वकै उत्कृष्ठ भन्दै संसार घुमे । भोलीको निर्वाचनले स्वत देखाँउछ । जनताले राप्रपा नेपाललाई नजिकबाट हेरिरहेका छन । राप्रपा नेपालको भविष्य एक छैन,दुई छैन तीन छैन ।
मुख्य कुरा कमल थापाको संर्कीण र स्वार्थी मनोभावना र निरंकुशताको कारणले गर्दा धेरै साथीहरु उनको विरोधमा छन् । कतिपय विरोधी पार्टीभित्र छन् । तर, उनीहरु विरोध गर्न सकिरहेका छैनन । जाने ठाँउ अन्यन्त्र कतै नभएका कारण उनीहरु उकुस मुकुस भएर बसेका छन । केही दुई चार जना स्वार्थी होलान । तिनीहरुबाट केही हुनेवाला छैन । तिनलाई जनताले पत्याउनेवाला पनि छैनन ।
५८ करोड १७ लाख भष्टाचारमा मुछिएका र त्यही पार्टीका २५ मध्य २३ सांसदले भष्टाचारी ठहर गरेका एन्फा पूर्वअध्यक्ष गणेश थापालाई सांसदलाई मनोनित गरे । कान्छो भाईलाई यता सांसद बनाए, उता राजा चाहिन्छ भन्दै हिड्ने उनले आफ्ना जेठा दाजु नेत्र थापालाई राष्ट्रपतिको सुरक्षा सल्लाहकार बनाए । त्यसकारण यस्तो दोधारे चरित्र देखाउने कमल थापाको पार्टीको भविष्य छैन ।
केशर बहादुर विष्ट राप्रपा नेपालको सह अध्यक्ष हुन । उनी कुनै पार्टीमा टिकेनन होला । अहिले अधिकांश कमल थापाको मान्छे थापाबाट असन्तृष्ठ भएर विष्टको संगठनमा आवद्ध भएका छन् । राप्रपा नेपालले आफ्नो एजेण्डा बेच्यो । त्यो तीनवटा एजेण्डालाई अगाडि बनाउन केशर बहादुर विष्टको अध्यक्षतामा राप्रपा एकीकृत कमिटी बनिसकेको छ । पदमसुन्दर लावती बाँचेका भए यिनका पार्टीमा रहेका २५ जना सांसद टुक्रा टुक्रा हुन्थे । तर,कमल थापाको भाग्य भनौं वा हाम्रो दुर्भाग्य उहाँ बित्नुभयो । अहिले हामी सबैले केशर बहादुर विष्टलाई साथ दिएका छौं ।
नेपालको पहिचानका लागि हिन्दु राष्ट्र,त्यसको संरक्षणका लागि सवैधानिक राजसंस्था,जनताले जनताकै निम्ति स्थानीय स्वायत शासनका आधारमा नेपाल भर बुलन्द गर्ने यो कमिटी बनेको छ । ६ महिना भित्रमा देशव्यापी बनाँउछौं । सकेसम्म सबै राप्रपा पार्टीलाई यस्मा मिलाउछौं ।
नेपालमा अहिले एउटा शक्ति दक्षिणपन्थी छ अर्काे शक्ति उत्तरपन्थी छ । एउटा यस्तो तेश्रो शक्तिको आवश्यक परेको कारण त्यससलाई तेश्रो शक्ति बनाएर यो राष्ट्रको शिर उचो पार्ने हाम्रो योजना छ ।
  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी