×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मुलुकको व्यापार सन्तुलन गर्नका लागि दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर हुनुपर्छ’ : प्रधानमन्त्री ओली (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘मुलुकको व्यापार सन्तुलन गर्नका लागि दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर हुनुपर्छ’ : प्रधानमन्त्री ओली (भिडियो)

Artha Sarokar

२५ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यापार सन्तुलन गर्न उपभोग्य वस्तुमा आत्मनिर्भर हुन आवश्यक रहेको बताउनु भएको छ । सोमबार मेक इन नेपाल स्वदेशी अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको व्यापार सन्तुलन गर्नका लागि दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर हुनुपर्ने बताउनुभएको हो । कृषि प्रधान देशमा कृषि भएपनि कृषिमा आधारित उद्योग नभएको भन्दै उहाँले उद्योग स्थापना गरी आवश्यक सामाग्रीहरु बनाइ बाहिर बेच्नुपर्ने पनि बताउनुभयो । अन्यत्र मुलुकमा बनेका सामान खरिद गर्नुका भन्दा मुलुकमै उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाई छ ।
प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको लागि गुणस्तरिय शिक्षामा ध्यान दिनुपर्ने पनि बताउनुभयो । प्राविधि शिक्षामा जोड दिनुपर्ने उहाँको भनाई छ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले मेक इन नेपाल स्वदेशी अभियान स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित शुरू गरेको बताउनुभयो । मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी