
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी महिना फेरि भारत जाने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले मुख्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार बिहान बसेको सो पार्टीको हेर्डक्वाटर बैठकमा आफू भारत जान लागेको जानकारी नेताहरुलाई दिएका हुन् ।
प्रचण्डले गत ३० भदौदेखि २ असोजसम्म भारतको राजकीय भ्रमण गरेका थिए । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रचण्ड आगामी महिना भारत जाने तय भएको जानकारी काठमाण्डु टुडेलाई दिए । ‘ब्रिक्स सम्मेलनमा नेपाललाई पनि निम्ता आएको छ’, उनले भने, ‘प्रधानमन्त्री जानुहुन्छ ।’
उदयीमान अर्थतन्त्र भएका पाँच देश चीन, भारत रसिया, दक्षिण अफ्रिका र ब्राजिलको समूह ब्रिक्सको सम्मेलन आगामी अक्टोबर १५ र १६ मा भारतको पर्यटकीय सहर गोआमा हुँदैछ ।
बिमस्टेक सदस्य राष्ट्रका हैसियतमा ब्रिक्स सम्मेलनमा नेपाललाई पहिचोपटक निम्ता आएको हो । बिमस्टेकमा भारतसहित नेपाल, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड छन् ।
- काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्