×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालको नाम लिएर किन दियो पाकिस्तानले भारतलाई धम्की ?

LAXMI SUNRISE BANK

नेपालको नाम लिएर किन दियो पाकिस्तानले भारतलाई धम्की ?

९ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – जम्बु–काश्मीरको उरीमा भएको घटनापछि भारत र पाकिस्तानबीच सितयुद्ध चलिरहेका बेला दुवै देशका मिडियाले एकअर्कालाई दोष थोपरिरहेका छन् ।

भारतीय मिडियाले पाकिस्तानको खुलेरै विरोध गरिरहेका बेला पाकिस्तानी मिडियाले पनि भारतविरुद्ध धावा बोलिरहेका छन् ।

पाकिस्तानको उर्दू दैनिक औसाफलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार पाकिस्तानले नेपाल र भुटानको उदाहरण दिँदै भारतलाई चेतावनी दिएको छ ।

समाचारमा जनाइएअनुसार पाकिस्तानले आफूहरुसँग परमाणु शक्ति नभएको भए यतिबेलासम्म भारतले सैन्य कारबाही गरिसक्ने बताउँदै भनेको छ, ‘हामी युद्ध चाहदैनौँ । तर हामी भुटान र नेपाल पनि होइनौँ ।’
नेपाल र भुटानलाई भारतले दबाएर राखेको उल्लेख गर्दै पाकिस्ताले आफूहरुलाई त्यसैगरी दबाउने चेष्टा गरिए युद्धका लागि तयार हुन संकेत गरेको बुझिन्छ ।

त्यसैगरी पाकिस्तानको अर्को पत्रिका ‘जंग’ दैनिकले सम्पादकीयमार्फत भारतले उरी हमलाको बहाना बनाएर लडाइको माहोल बनाउने कोशिस गरिरहेको बताउँदै पाकिस्तान जवाफ फर्काउन तयार रहेको लेखेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी