
काठमाडौँ – काश्मिरको उरीमा भारतीय सैनिकमाथि भएको हमलापछि भारत र पाकिस्तानबीच चर्किएको विवादका बीच विश्वकै एक शक्ति राष्ट्र अमेरिकाले युद्धको बाटो नरोज्न दुबै देशलाई अपिल गरेको छ ।
अमेरिकाको प्रमुख पत्रिका न्यूयोर्क टाइम्सले शुक्रबारको सम्पादकीयमा यदि दुई देशबीच युद्ध भए यसबाट भारतलाई ठूलो नोक्सान हुने चेतावनी दिएको छ । सम्पादकीयमा अमेरिकी सरकारको धारणासमेत जोडेर भारतलाई पाकिस्तानसँग युद्ध गर्ने खेलमा नलाग्न सुझाव दिँदै यदि भारतले पाकिस्तानसँग युद्ध गर्छु भनेर सोच्यो भने यसबाट उसैलाई नै नोक्सान हुनेमा सचेत गराइएको छ ।
भारत र पाकिस्तानको परमाणु शक्तिको चिरफार गर्दै भनिएको छ– ‘यदि दुई देशबीच चलिरहेको विवादले युद्धको रुप लियो भने यो निकै घातक हुनेछ । भारतले बदला लिन कारवाही गरेमा यसले पाकिस्तानलाई जवाफी कारवाहीमा उत्रन बाध्य पार्नसक्छ । यो जटिल स्थिती हुनसक्छ । सम्पादकीयले भारत र भारतीय नेतालाई बदलाको भावना त्याग्न सुझाव दिएको छ ।
अमेरिकी पत्रिकामा पाकिस्तानलाई पनि संयमितता अपनाउन सुझाव दिइएको छ । आतंकवादविरुद्ध सबै राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्