×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंङ्क लंकर भित्रको कालोधनको मतियार गर्भनर डा. नेपाल

LAXMI SUNRISE BANK

बैंङ्क लंकर भित्रको कालोधनको मतियार गर्भनर डा. नेपाल

९ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

नेपाल राष्ट्र बैंकले बैंङ्करलाई लकर हेर्न र खोल्ने अधिकार नदिएपछि बैंकका लकर भित्र के के छन् यो खोजिको विषय बनेको छ ।
माओवादी पूर्व सभासद ल्यारक्यान लामाले हात हतियारको अवैध गोली गठ्ठा लकरमा राखेको भेटिएपछि यसको पुष्टि भएको थियो । ल्यारक्यान लामा जस्ता दर्जनौँका लाखौँ लकर बैंङ्कहरुमा छन् ।
लकर लिने भनेकाहरु ठूला बडा अपराधिक क्रियाकलापमा लागेकाहरु, उद्योगपति, व्यापारी, बैंकर, घरजग्गा दलाली, उच्च कर्मचारी र नेताका श्रीमतीहरु नै रहेको खुलेको छ ।
यी महाशयहरुका लकर हेर्ने कसले ? बैंङ्कर र बैंकले हेर्न सक्दैन राष्ट्र बैंङ्कको निर्देशन विना प्रहरीले लकर हेर्न अपराधी घोषणा गरे पछि अनुसन्धान गर्न राष्ट्र बैंकको स्वीकृती लिएर हेर्न सक्दछ ।
बैंक लकर एउटै व्यक्तिले हेर्न सक्दछ जसले खोलेको छ उसले मात्रै यसको भित्री रहस्य के हो आफूमाथि तत्कालै छानवीन भए वा घरमा राख्दा चोरी हुने डर भए केही समयको लुकाउने ठाउँ हो लकर ?
जसरी चोरले चोरी गरेको सामान लुकाउने गर्दछ यस्तै रातारात सम्पत्ति कमाउनेहरुलेहरुले युपारेको सुन, चाँदी, बहुमुल्य सामान बैंङ्कले दिएको लुकाउने ठाउँ लकर भित्र लगेर राख्ने गरेको पुष्टि भए पनि किन छानवीन हुँदैन लकर ? समाचार स्रोत भन्छ लकर भित्र साँच्चै छानवीन हुने हो भने हातहतियार देखि अवैध डलर र कालोधन बाट किनेका सुनचाँदीको गोदाम नै भेट्न सकिन्छ ।
बैंङ्कहरुले एउटा निश्चित मुल्य लिएर दिएको लकर बैंङ्करहरुलाई जे राख्ने पनि चिन्ता छैन । यसबारेमा प्राइम कर्मसियल बैंङ्क लिमिटेडका सिइओ नारायणदास मानन्धर भन्दछन्–लकर ग्राहकको सुविधाको लागि बैंकले दिएको सेवा हो तर यसलाई दुरुपयोग गरेको भेटिएको छ । यस्तो कुरा राम्रो होइन ।
हामीले राष्ट्र बैंकसँग लकर हेर्न पाउनु पर्ने माग राखेका छौँ । भोली कसैले बिस्फोटन पदार्थ राख्यो भने त्यसको जिम्मा कसले लिने प्रश्न गम्भिर छ । त्यसकारण लकर हामीले हेर्न पाउनु पर्दछ । उनकै भाषा सापटी लिने हो भने पनि लकर भित्र अवैध सामान भएको पुष्टि हुन्छ ।
राष्ट्र बैंकले तत्कालै लकर हेर्ने अधिकार बैंङ्कलाई दिनु पर्ने देखिन्छ । लकर कालोधन लुकाउने चावी सावित भएको बेला पनि राष्ट्रबैंक किन बोल्दैन ?
अर्थमन्त्री महराकै समासदले बन्दुकको गोलीहरु लंकरमा भेटिए पनि अर्थमन्त्री किन बौल्दैनन यसले उनको पार्टीलाई फाइदा गर्दैन नि ?
अधिकांश बैंङ्कमा लकर लिन पाइँदैन । लंकर सकिएको उत्तर ग्राहकले पाउने गरेका छन् । राम्रो बैंङ्कहरुमा ठूला बढाकै आफन्तहरुले लकर लिएका छन् । पहुँच नपुग्नेहरुले नबिल, इन्भेष्टमेन्ट, लक्ष्मी, स्टेण्डर चार्टर, एभरेष्ट बैंकमा लकर पाउँदैनन् ।
लकर भित्र के छ ? राज्यलाई समेत थाहा हुँदैन । यो कस्तो देश हो । लंकर भित्र के राख्ने के नराख्ने कुनै कानुन छैन लकर धनीले जे पनि लकर भित्र राख्न पाउँछन् ।
यसबारेमा के हो त एन आई सी एशिया बैंङ्कका सीइओ लक्ष्मण रिसाल भन्दछन् हामीले ग्राहकको सुविधाको लगि दिएको सेवा नै हो लकर त्यसको जिम्मेवारी ग्राहक नै हुनुपर्दछ, किन भने बैंकले लकर हेर्न र खोल्न पाउँदैन । त्यसभित्र अवैध सामान भेटिए त्यसको जिम्मा बैंकको हुँदैन स्वयंम लकर धनीको हुन्छ ।
नेपाल इनभेष्टमेन्ट बैंकको लकरमा लामाको अवैध हतियारको गोली फेला परेपछि नेपाल बैंकर संघकै तर्फबाट राष्ट्र बैंकमा डेलिगेशन गई बैंकरहरुले लकर हेर्ने निर्देशन दिन आग्रह गरेपनि गर्भनर डा. चिरञ्जिवी नेपाल चुपलागेर बसेका छन् ।
कारण के हो उनीकै पार्टीका नेताका श्रीमती, व्यापारीका श्रीमती, उद्योगीका श्रीमतीहरुका धेरै लकर बैंङ्कमा छन् । उनीहरुको लकर खोजी भए गर्भनर कै जागीर जाने डर छ । एक नेताले नाम नबताउने शर्तमा राजतिलक साप्ताहिकसँग भने । यसले के पुष्टि हुन्छ भने लकर भित्रको कालो धनको मतियार गभर्रनर डा. चिरञ्जिवी नेपाल नै हुन् ।

  • राजतिलक साप्ताहिकबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी