×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिवी विरुद्ध चीनको एक्सन प्लान, ९० लाख वढी मानिसहरु एकै पटक स्थानान्तरणको योजना

LAXMI SUNRISE BANK

गरिवी विरुद्ध चीनको एक्सन प्लान, ९० लाख वढी मानिसहरु एकै पटक स्थानान्तरणको योजना

८ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सन २०२० सम्म गरिवी अन्त्य गर्ने लक्ष्यमा चीन आक्रामक गतिमा अघि वढेको छ । त्यसकालागि ९० लाख वढी जनसंख्यालाई उसले विकट र दुर्गमबाट स्थानान्तरणको तयारी गरेको हो ।
पुनर्वासमा ९० लाख जनसंख्याको व्यवस्थापन गर्न चीनले १५८ अर्व अमेरिकी डलरको लागतमा भौगोलिक दृष्टीकोणबाट सुविधाको केहि पहुँच पुर्याउन सजिलो हुने क्षेत्र रोजेको छ । चीन सरकारले १३ औं पञ्चवर्षिय योजना (२०१६–२०२०) को अवधिमा चीनका विभिन्न २२ ओटा प्रान्तबाट ९८.१ लाख मानिसहरुलाई नया ठाउँमा वसाउने घोषणा गरेको छ ।
चीनको मुख्य प्रशासनिक प्राधिकरण–स्टेट काउन्सिलद्धारा उक्त योजना अनुमोदन भइसकेको छ । रिपोर्ट अनुसार यस योजनामा १५८ अर्व अमेरिकी डलर वरावर खर्च भइरहेको छ । आर्थिक रुपले गरिब क्षेत्रहरुलाई चार समुहमा विभाजन गरिएको छ । र त्यसमा सामेल सवै गरिव नागरिकलाई सम्पूर्ण सुविधा उपलव्ध गराउने लक्ष्य छ ।
त्यस जनसंख्याका लागि १ लाख १० हजार किलोमिटर सडक निर्माण गर्ने १ लाख ४० हजार किलोमिटर पानीको पाईप विछ्याउने योजना तर्जुमा गरिएको छ । गएको वर्षको आँकडामा चीनमा करिव ७ करोड मानिसहरु गरिवीको रेखामुनि सडक, पानी र विजुलुीको अभावमा रहेको देखिएपछि राज्यले गरिवी अन्त्यको आक्रामक योजना सुरु गरेको हो ।
  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी