×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाधिवशेन आयोजक समिति भंग गरेर नयाँ समिति बनाउने तयारीमा माओवादी

LAXMI SUNRISE BANK

महाधिवशेन आयोजक समिति भंग गरेर नयाँ समिति बनाउने तयारीमा माओवादी

८ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सांगठनिक संरचनाको  विषयमा नेकपा माओवादी केन्द्रको सचिवालय बैठक शनिबार सुरु हुँदैछ। बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा सुरु हुने बैठकमा पार्टीको भद्रगोल संरचनालाई व्यवस्थित गर्ने विषयमा विषेश छलफल हुने नेता नारायण दाहालले जानकारी दिए। 
माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिमा अहिले २१ सय सदस्यीयहरु छन । यो संख्या धेरै नै ठूलो भएकाले त्यसलाई तीन अंकमा ल्याउने विषयमा शीर्ष नेताहरुबीच छलफल भएको छ। 
बिभिन्न माओवादी घटकहरुबीच एकतापछि नेकपा माओवादी केन्द्र बनेपछि एकतामा आएका पार्टीहरुमा सन्तुलन बनाउन पटक पटक संख्या थपेर महाधिवेशन आयोजक समिति २१ सय सदस्यी बनाइएको छ। स्रोतका अनुसार अहिलेको महाधिवेशन आयोजक समिति भंग गरेर नयाँ आयोजक समिति बनाउने माओवादीको तयारी रहेको छ।
शनिबारको बैठकले जनवर्गीय संगठनको संरचना, संगठन सुदृढीकरण, सरकारको कामलाई कसरी प्रभावकारी पार्ने भन्ने लगायतका विषयमा पनि निर्णय लिने दाहालले बताए। सांगठनिक संरचना कम गर्ने विषयमा बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतसंग परामर्श गरेका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी