Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डका मन्त्रीलाई श्रीमतीको अर्डर– चोरेर ल्याऊ कि ढाँटेर ल्याऊ, तर मलाई पैसा चाहियो

अर्थ सरोकार

काठमाण्डु – काँग्रेस नेता एवं सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको पत्नि प्रतिमाले आफ्ना पति साहै्र ह्याण्डसम भन्द्र प्रशंसा गरेकी छन् ।
नयाँ पत्रिकाको १ सय १ प्रश्नमा प्रतिमाले (काजी) श्रीमानको चर्को प्रशंसा गरेकी छन् । प्रतिमाले घर चलाउनका लागि केसीले खर्च दिने गरेको, कहिले काहीं बढी पनि राख्न दिने र आफूसँग पनि माग्ने गरेको बताइन् । पहिला मासिक ५–१० हजारले घर खर्च चल्ने गरेको भए पनि अहिले ७५ हजार खर्च हुन थालेको उनले बताइन् ।
‘उहिले ५–१० हजारले पनि चल्थ्यो, पछि २५–३० हजार चाहिन थाल्यो । पोहोरसम्म५० हजार माग्थें, त्यसपछि ६०–७० हजारले चल्थ्यो । अचेल ७५ हजार माग्छु’, उनले भनेकी छन्, ‘चोरेर दिनुस् कि ढाँटेर ल्याउनुस् कि, घर चलाउन त चाहियो भन्छु ।’
कहिलेकाहीं केसीले जिस्किएर गृहणी भएपछि अलिअली पैसा त धोती हल्लाएर पनि झार्नुर्प भन्ने गरेको उनले सुनाइन् ।
  • काठमाडौँ टुडे
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK