×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अदुवाको उत्पादनमा वृद्धि

LAXMI SUNRISE BANK

अदुवाको उत्पादनमा वृद्धि

७ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चालु आर्थिक वर्ष २०७२ र ७३ मा जिल्लाको एक हजार २६० हेक्टरे क्षेत्रफलमा १४ हजार १९७ मेट्रिक टन अदुवा उत्पादन भएको छ । २०७१र७२ मा एक हजार २६२ हेक्टर क्षेत्रफलमा १४ हजार ८५३ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले जानकारी दिएका छन् । जिल्लाका खानीगाउँ, बराङ्दी, पालुङमैनादी, फेक, सिलुवा र भैरवस्थान अदुवाका लागि मुख्य पकेट क्षेत्र मानिन्छ ।
अदुवाखेती नै  यहाँका किसानले मुख्य आयआर्जन गर्ने बालीका रुपमा लिएका छन् । जिल्लामा उत्पादित तीन हजार ७५२ मेट्रिक टन अदुवा भारतलगायत अन्य मुलुकमा निर्यात हुने गर्दछ । अहिले बजारमा अदुवा प्रतिकिलो रु ८० देखि रु १०० मा बिक्री भइरहेको छ ।
अदुवाबाट सुठो, तेल, मसला, विभिन्न किसिमका सेन्ट, अचार बनाउन सकिने र अदुवा उत्पादन तथा बजार प्रवद्र्धनमा पाल्पा अग्रणी जिल्लाका रुपमा चिनिन्छ । अदुवा बाली आयआर्जनमा टेवा पु¥याउने बाली भएकाले एक जिल्ला एक उत्पादन नीति ल्याई उत्पादन, प्रशोधन र बजारीकरण एकीकृत रुपमा लैजानुपर्ने आवश्यकता रहेको वरिष्ठ कृषि विकास अधिकृत कोइरालाले जोड दिएका छन्  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी