×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रेलाई १२ स्थानीय तह बनाउन राजनीतिक दलहररुको सहमती

LAXMI SUNRISE BANK

काभ्रेलाई १२ स्थानीय तह बनाउन राजनीतिक दलहररुको सहमती

७ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काभ्रे जिल्लामा रहेका राजनीतिक दलहरूबीच काभ्रे जिल्लालाई १२ ओटा स्थानीय तह बनाउने सहमती भएको छ । आज भएको सहमती अनुसार १ उपमहानगरपालिका, ३ नगरपालिका र ८ वटा गाउँपालिका बन्ने भएको छ ।
धुलिखेल, बनेपा, पनौती सहित टुकुचा नाला, उग्रचण्डी नाला, देविटार, रविओपी, पातलेखेत, शारदा बतासे, शंखुपार्टीचौर, बल्थली, महेन्द्रज्योती, उग्रतारा जनागाल, कुशादेवी, रयाले र नासिकासाँगालाई एकिकरण गरी उपमहानगरपालीका बनाउने सैद्धान्तिक सहमति भएको छ । यसैगरी पाँचखाल नगरपालिकामा दोलालघाट, खरेलथोक र कोशिदेखा गाविस समायोजनको प्रस्ताव गरिएको छ । गैह्रिविसौना देउपुर, बालुवापाटी देउपुर, नयाँगाउँ देउपुर, महादेवस्थान, चण्डेनीमण्डन, जैसिथोक र ज्याम्दी गाविसलाई समेटेर ३५ हजार ८४ जनसंख्या रहेको नयाँ नगरपालिका प्रस्ताव गरिएको छ । दाप्चा काशिखण्ड नगरपालिकामा श्यामपाटी सिमलचौर, कानपुर कालापानी र कटुञ्जेवेशी समेटिएको छ ।
यसैगरी १९ हजार ५ सय ९० जनसंख्या रहेको कलाँती भुम्लु, धुसेनी शिवालय, गोठपानी, विर्तादेउराली, माझिफेदा, पोखरीचौरी, कात्तिकेदेउराली, माँदनकुँडारी र फलाँटे गाविसको गाउँपालिका, सापिङ्ग, भुम्लुटार, चौबास, बेखसिम्ले, सिम्थली, सल्लेभुम्लु, सानोवाङ्गथली, नाग्रेगगर्चे गरी १५ हजार ६ सय जनसंख्या रहेको गाउँपालिका, २० हजार १ सय ९२ जनसंख्या रहेको भिमखोरी, वाल्टिङ्ग, मंगलटार, खार्पाचोक, सिपाली चिलाउने, शिशाखानी, महादेवटार गाविसको गाउँपालिका, २२ हजार ८ सय ८२ जनसंख्या रहेको शिखरआम्बोटे, खहरेपाँगु, महांकालचौर, च्यासिङ्कखर्क, चलाल, ढुंखर्क र च्याम्ब्राङ्गबेशी गाउँपालिका, २२ हजार ७ सय १२ जनसंख्या रहेको संस्र्युखर्क, सरमथली, बोल्देफेदिचे, ठुलोपर्सेल, पोखरीनारयाणस्थान, कुरुवास चापाखोरी, मेच्छे गाउँपालिका, १८ हजार २ सय ८३ जनसंख्या रहेको बुढाखानी, बनखुचौर, फोक्सिङ्गटार, घर्तिछाप, गोकुले गाउँपालिका, १४ हजार ३ सय ९८ जनसंख्या रहेको मिल्चे, साल्धारा, फलामेटार, डाँडागाउँ, साल्मेचाकल गाउँपालिका रहेका छन् । डाँडापारीमा दुई गाउँपालिका छन् भने कोशिपारीमा पनि दुई गाउँपालिका प्रस्ताव गरिएको छ ।
राजनीतिक दलहरूको सहमतीबाट काभ्रे जिल्लालाई स्थानीय निकाय पुर्नसरचना आयोगले ११ तह बनाउन प्रस्ताव गरेकोमा ७५ गाविस र ५ नगरपालिकालाई १२ वटा स्थानीय तह बनाउने प्रस्ताव भएको हो । काभ्रे जिल्ला प्रदेश नं। ३ को केन्द्र भाग समेत भएकाले र भौतिक पूर्वाधार, यातायात लगायतको विकास भएकाले संघीय राजधानी काभ्रेलाई बनाउनुपर्नेमा राजनीतिक दल, उद्योगी व्यावसायी लगायतले आवाज उठाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी