×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैद्य माओवादीद्वारा आइतबार उपत्यका बन्द

LAXMI SUNRISE BANK

वैद्य माओवादीद्वारा आइतबार उपत्यका बन्द

७ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  वैद्य माओवादीले आफ्ना नेता पक्राउ गरेको विरोधमा आइतबार उपत्यका बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
जबरजस्ती चन्दा असुली गरेको आरोपमा बुधबार काठमाडौंको बागबजारबाट पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय संयोजक राम नेपालीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।  माओवादीले जबरजस्ती चन्दा दिन बाध्य नपारेको जानकारी दिइएको छ । यद्यपी उसले आर्थिक संकलन कार्यक्रम अन्तर्गत केन्द्रीय सदस्यसहित ११ जनालाई परिचालन गरेको जनाएको छ ।
पार्टी कार्यालयबाट प्राप्त जानकारी अनुसार ८ गते शनिबार (भोलि) दिउँसो सिठ्ठी जुलुस र ९ गते काठमाडौं उपत्यका बन्दको कार्यक्रम रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी