
काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्वन गर्न ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटक आकर्षण क्षेत्रका रूपमा विकास गरिनेछ । कामपा क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय सम्पदाको पहिचान र डिजिटल माध्यमबाट अभिलेखीकरण गरी यस्ता स्थलको संरक्षण, संवर्द्वन र प्रवर्द्वन गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।
‘पशुपतिनाथलगायत दर्शनार्थीको धेरै चाप हुने धार्मिकस्थलका सरोकारवालाको सहयोगमा दर्शनका लागि पंक्ति व्यवस्थापन प्रणाली व्यवस्था गरिनेछ । आर्थिक समृद्धिमा पर्यटन भन्ने मूलमन्त्रलाई आत्मसात गरी पर्यटन प्रवर्द्वनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, संवर्द्वन र विस्तारमा जोड दिने नीति लिइनेछ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्