×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्मृति सहानाको, जुहारी केपी र बामदेवको

LAXMI SUNRISE BANK

स्मृति सहानाको, जुहारी केपी र बामदेवको

७ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रसंग थियो कम्युनिष्टका संस्थापक नेता पुष्पलाल पत्नी तथा एमाले नेत्री सहाना प्रधानको । दुई बर्षअघि निधन भएकी सहानाको स्मृतिमा एमालेले पुरानो पार्टी मुख्यालय बल्खुमा कार्यक्रम आयोजना गरेको थियो । तर जुहारी चल्यो पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमबीच ।

‘म जहिले पनि पार्टी फुटाएको मात्र आरोप लाग्छ, पार्टी बचाएको जस कहिले आउँदैन, अध्यक्ष कमरेड केपी, नेता कमरेड माधव र जेन दुवैलाई थाहा होला सहाना कमरेड माले हुनुहुन्थ्यो’ सहाना प्रधानको स्मृतिमा आयोजित कार्यक्रममा उपाध्यक्ष गौतमले तीन नेतालाइ वान होन ‘म विरोधी कुरा मात्र गरिन्छ, मैले र सहाना कमरेडले गरेका राम्रा कामको चर्चा कहिले पनि हुँदैन, यसले मेरो चित्त देखेको छ ।’

कार्यक्रमको सुरुमै गौतम बोलेका थिए । गौतमपछि माधव नेपाल र झलनाथ खनालले सहानाको प्रशंशा गरेका थिए ।नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै सक्रिय प्रधानले २०४६ सालमा संयुक्त बाममोर्चाको नेतृत्व गरेको भन्दै दुवै नेताले उनको सम्झना गरे ।

कार्यक्रमको अन्तिम बक्ता थिए, एमाले अध्यक्ष ओली । उनले सहाना भन्दा गौतमलाई कसिलो व्यङ्ग्य कसे । ‘सहानाजीका विषयमा मलाई भन्दा बढि थाहा बामदेव कमरेडलाई होला तर मलाई यति थाहा छ की पार्टी फुटाउँदा पनि उहाँ उध्यक्ष बन्न सक्नु भएन, त्यो मन अझै दुखिरहेको छ ।’ एमालेबाट माले विभाज गर्दा गौतम महासचिव र सहाना अध्यक्ष थिइन । त्यही प्रसंग उठाउँदै ओलीले भने ‘सहानाजी ठिक भएर होला बामदेवजी अहिले पार्टीको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।’

  •  एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी