Skip to content
LAXMI SUNRISE BANK

काभ्रेको कन्ट्री डेभलोपमेन्ट बैंक फिल्मी शैलीमा लुट्ने प्रयास यसरी भयो विफल (भिडियो सहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे – काभ्रेको बनेपास्थित कन्ट्री डेभलपमेन्ट बैंकमा लगिँदै गरेको रकम लुट्ने प्रयास असफल भएको छ । बुधबार बैंकका गार्डहरुले कार्यालय खुल्नुअघि अर्को बैंकबाट झिकेर ल्याउँदै गरेको ३५ लाख रुपैयाँ रहेको झोला लुट्ने प्रयास असफल भएको हो ।
रकम बोकेका गार्डहरु गाडीबाट ओर्लेर बैंक छिर्नलाग्दा मोटरसाइकलमा सवार दुईजनाले झोला खोस्ने प्रयास गरेका थिए । त्यसक्रममा एकजना महिला सीसी क्यामेरा अगाडि उभिएर क्यामेरा छेकेको बताइएको छ । इलाका प्रहरी कार्यालय बनेपाका इन्सपेक्टर अनील घिमिरेले लुटेरा समूहको खोजी भइरहेको बताएका छन्  ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK