
केन्द्रीय समितिमा पार्टीभित्र गुटबन्दी भएको भन्दै उनले २६ पृष्ठ लामो फरक प्रस्ताव दर्ता गराएका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी भन्दा गुट चलाएको र केन्द्रदेखि गाउँसम्म गुटबन्दीमा पार्टी फसेको उनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
केन्द्रमा आफ्नो फरक मत राखेका भूसाल स्वयम गुटको बैठकमा सहभागि थिए । केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने बिषयमा उनीहरुले छलफल गरेका थिए । बैठकमा भूसालको प्रतिवेदनमाथी पनि छलफल भएको बैठकमा सहभागि एक नेताले बताए ।
उपमहासचिव भूसाले फरक मतमा राखेको एक पद एक ब्यक्तिको अवधारणामा टेक्ने रणनीति नेपाल समुहले बनाएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अध्यक्ष वा संसदीय दलको नेता मध्ये एक छाड्न दवाव दिने निस्कर्ष समुहको भेलाले निकालेको स्रोतले उल्लेख गरे। । बैठकमा ८ जना नेपाल समुहका नेताहरु सहभागि रहेका थिए ।
त्यसैगरी अध्यक्ष ओली समुहको पनि बुधवार साँझ बैठक बसेको थियो । महासचिव इश्वर पोखरेल सहभागि भएको भेलाले केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने बिषयमा धारणा बनाइएको एक नेताले बताए । पार्टी अध्यक्ष प्रतिवेदनलाई रक्षा गर्ने उनीहरुले रणनीति लिएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष बामदेव गौतम केही बुँदामा नेपाल समुहसँग सहमत छन् भने केही बुँदामा अध्यक्ष ओली समुहसँग सहमत देखिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण, त्यहाँ भएका केही सम्झौताका बिषयमा ओलीले प्रतिवेदनमा कडा आलोचना गरेका छन् । ति बिषयमा गौतम सहमत छन भने एक ब्यक्ति एक पदको नेपाल समुहको एजेण्डामा गौतम सहमत देखिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्