×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियारले किन्यो आइफोन ६ एस, एकै दिन पेश गर्यो २२ लाख २० हजारको बिल

LAXMI SUNRISE BANK

अख्तियारले किन्यो आइफोन ६ एस, एकै दिन पेश गर्यो २२ लाख २० हजारको बिल

६ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मुलुकमा सुशासन स्थापना गर्ने उद्देश्यले स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन २२ लाख २० हजार ३ सय १ रुपैया खर्च गरेको देखिएको छ । आयोगले कार्यालय संचालन, मर्मत सम्भार र सामान खरिदका क्रममा एकैदिन यति ठूलो रकम भुक्तान गरेको हो ।
अख्तियारले असोज ४ गते मात्रै बिभिन्न सप्लायर्सका नाममा यतो ठूलो रकम भुक्तान गरेको छ । सार्वजनिक खर्च विवरण अनुसार कार्यालय संचालन शिर्षकमा मात्रै तीन पटकको १८ लाख ६ हजार ६१ रुपैया भुक्तान गरेको छ । त्यस्तै मर्मत सम्भार शिर्षकमा दुई पटक गरि एक लाख ९५ हजार ३८ रुपैया भुक्तान गरिएको छ । त्यसै गरेर एक लाख ७ हजार ३ सय ५० रुपैयाको ल्यापटप र एक लाख ११ हजार ८ सय ७० रुपैयाको आइफोन खरिद गरेको छ ।
आइफोन 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘आइफोन खरिद’ शिर्षकमा भुक्तान गरेको देखाइए पनि कुन मोडलको खरिद गरेको भन्ने खुलाइएको छैन । यस बिषयमा आइफोन सप्लायर्स ओम चण्डी कालिका इन्टरप्राइजेजले अख्तियारले २ महिना अगाडी ६ एस मोडलको ६४ जीबीको आइफोन खरिद गरेको बताएको छ ।  
अहिले नेपाली बजारमा आइफोन ६ एस ६४ जिबिको मूल्य १ लाख २ हजार छ  । 
ल्यापटपको कुरा 
ल्यापटप खरिद भएको आशिस ट्रेडर्सका अनुसार अख्तियारले १ महिना अघि एचपी जी ३४४० मोडलको ल्यापटप खरिद गरेको हो ।  त्यस्तै मर्मत सम्भार खर्च देखिएकोबारे जिज्ञासा राख्दा ट्रेडर्सले एसी, फोटोकपी मसिन, ल्यापटप, कम्प्युटर, प्रिन्टर आदिको मार्मत खर्च भएको सम्बन्धित संचालकहरुले जनाएका छन् । 
यस बारे अख्तियारका सूचना अधिकारी खगेन्द्र रिजालसंग बुझ्दा उनले केहि समय अघि मात्र खरिद भएको स्वीकारे।  यत्रो महँगो फोन किन , कसले प्रयोग गर्ने हो भनेर प्रश्न गर्दा उनले ‘यो कार्यलय प्रयोजनको लागि हो, कार्यलयले प्रयोग गर्ने हो, अरु कुरा किन चाहियो?’ भन्दै फोन राखिदिए । 
आयोगले किन र केको लागि आइफोन किन्यो भन्ने कुरा अहिले रहस्यको बिषय बन्न पुगेको छ । 
हेर्नुस कार्यालयको पेश गरेको बिल ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी