
- अर्थ सरोकार सम्बाददाता
पोखरा । कास्की जिल्लाको पोखरा उपमहानगरपालिका – १७ स्थित दोविल्लामा भारी वर्षाका कारण फुस्रो खोलाको कटानबाट प्रभावित बस्ती र पुल संरक्षण गर्न रु चार करोड २५ लाख लाग्ने अनुमान गरिएको छ ।
खोलाको लगातारको कटानले सो क्षेत्रका ४२ घरपरिवारमध्ये १५ घर उच्च जोखिममा परेको र पक्की पुलबाट मालबाहक साधन आवागमनमा समेत रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक हरिप्रसाद मैनालीले विगतका तुलनामा जिल्लामा मानवीय क्षतिमा कमी आए पनि भौतिक क्षति भने धेरै भएको बताएका छन् ।
सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर नवराज बास्तोलाले पुल र बस्तीमा परेको क्षति सम्बन्धमा स्थलगत अवलोकन गरेको जानकारी दिँदै पुलको पूर्व किनारातर्फ २५० मिटर लम्बाइको पक्की पर्खाल र तारजाली लगाउनु आवश्यक भएको हुँदा सडक डिभिजन र पुल महाशाखामा बजेट निकासका लागि पत्राचार गरिसकिएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्