×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राधिकरणको काम प्रति प्रधानमन्त्री असन्तुष्ट

LAXMI SUNRISE BANK

प्राधिकरणको काम प्रति प्रधानमन्त्री असन्तुष्ट

६ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४५ दिनमा पुनर्निर्माण प्राधिकरणले गरेको कामप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार बेलुका कामु मुख्यसचिव टंकमणि शर्मालाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले ४५ दिनभित्र सबै भूकम्पपीडितले राहत रकमको पहिलो किस्ता पाउन नसक्नुको कारणबारे चासो राखे । उनले आइतबार बिहान १० बजे प्राधिकरण निर्देशक समितिको बैठक बोलाउन शर्मालाई निर्देशन दिएका छन् ।
‘भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने सरकारको घोषणा पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन, यसको समीक्षा हुन अत्यावश्यक छ, यसले मलाई निकै गम्भीर बनाएको छ,’ प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले निर्देशक समितिको बैठकमा अहिलेसम्मका कामको समीक्षा र पुनरावलोकन गरिने बताए । आवश्यक परे प्राधिकरणको संरचना, पदाधिकारी र कार्यप्रणाली बदलेरै भए पनि राहत र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउनु सरकारको कर्तव्य भएको उनले बताए ।

  • नेपाल आज 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी