×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल भित्रिन थाल्यो चिनियाँ स्याउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल भित्रिन थाल्यो चिनियाँ स्याउ

Artha Sarokar

६ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रसुवा- बडा दसैँका लागि फलफूल आपूर्ति गर्न यहाँका व्यवसायीले चिनियाँ स्याउ रसुवागढीबाट आयात गर्न थालेका छन् ।

जिल्ला ट्राफिक प्रहरी इन्चार्ज जयराम पुडाशैनीले मङ्गलबार साँझ अवरुद्ध स्याफ्रु टिमुरे सडकखण्डको राजमार्ग खुलेलगत्तै अहिलेसम्म ४० कन्टेनर चिनियाँ स्याउ काठमाडौँतर्फ लगिसकेको बताए ।

उनका अनुसार १५–२० वटा स्याउ बोकेका ट्रक भन्सार हातामा आइसकेका छन् भने लगभग १०० ट्रक स्याउ नेपाल भित्रने क्रममा रहेका छन् ।

यस्तै दसैँका लागि व्यापारीहरुले ल्याएका लत्ताकपडा लगायतका सामान बोकी आएका सयौँ ट्रक कन्टेनरको भन्सार परीक्षण प्रक्रिया सुरु भइसकेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी