×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनलाई साथमा लिएर पाकिस्तान घेर्ने मोदीको योजना

LAXMI SUNRISE BANK

चीनलाई साथमा लिएर पाकिस्तान घेर्ने मोदीको योजना

६ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी– भारतले पाकिस्तानको नजिक मानिएको चीनसँग पाकिस्तानमा रहेको आतंकी समूहविरुद्ध कारबाही गर्न सहयोग मागेको छ । भारतीय संचार माध्यमका अनुसार उसले पाकिस्तानलाई कुटनीतिक तवरले घेर्नका लागि चीनको साथ आवश्यक रहेकाले उसँग सहयोग मागिएको हो ।

चीनको पाकिस्तानप्रति रहेको झुकावलाई लिएर बेइजिङमा निशाना लगाउनु भारतको रणनीति नरहेको बताउँदै पाकिस्तानलाई घेर्न चीनको सहयोग आवश्यक पर्ने बताइएको छ । चीन यूएन सेक्युरेटी काउन्सीलको सदस्य भएकाले पनि सो आवश्यक रहेको समाचारमा बताइएको छ ।

उरीमा १७ जना भारतीय सैनिक मारिएपछि भारतीय प्रधानमन्त्री नरेनद्र मोदीले द्धपक्षीय र बहुपक्षीय फोरममा चीनसम्म पहुँच बढाएका छन् । उनले चीनसँग मिलेर अघि बढ्न थुप्रै कार्यक्रम प्रस्ताव गरेका छन् ।

ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिङ पिङ भारत जाने भएकाले अक्टूबर १५–१६ मा यस सम्बन्धि विशेष सम्झौताको तयारी गरिएको बुझिएको छ ।

यसभन्दा पहिले मादीले सी जिङसँग भएको वार्तामा आतंकवादको अन्त्यका लागि हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका थिए । मोदीको योजना पकास्तिानलाई एक्ल्याउन चीनलाई दबाब दिनु रहेको बताइन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी