
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व बैंकका नेपाल, भुटान र बंगलादेशका कन्ट्री डाइरेक्टर क्युमियो फ्यानबीच भेटबार्ता भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले नेपालको आर्थिक विकासमा विश्व बैंकले गरेको सहयोगका लागि धन्यवाद दिए।
भेटमा प्रधानमन्त्रीले उच्च शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य र भूकम्पको पूनर्निर्माणका क्षेत्रमा विश्व बैंकसँग साझेदारी गर्न नेपाल ईच्छुक रहेको बताए । प्रधानमन्त्रीले भने , ‘विश्व बैंकले नेपालको भौतिक र मानवीय विकासका लागि गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छौं । नेपालको पूनर्निर्माण, उच्च शिक्षा, स्वास्थ्य, भौतिक विकासका लागि विश्व बैंकको थप सहयोग र साझेदारीका लागि नेपाल ईच्छुक रहेको छ ।’
प्रधानमन्त्रीले भूकम्पको पूनर्निर्माण सम्बन्धि विश्व बैंकको नीतिमा सहजीकरण गरी नेपाल सरकारको पूर्वाधार विकासको नीतिअनकूल बनाउन पनि फ्यानसँग आग्रह गरेका थिए ।
भेटमा डाइरेक्टर फ्यानले नेपालको उर्जा, जलविद्युत्, ट्रान्समिसन लाइन, सेलार लगायतका क्षेत्रमा विश्व बैंकको सहयोग रहने जानकारी दिँदै विश्व बैंकको अलावा आइडिए र आईएससीको नेपाललाई सहयोग रहने जानकारी दिए ।
- बिजपाटी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्