×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत-पाकिस्तान युद्धको तयारीमा

LAXMI SUNRISE BANK

भारत-पाकिस्तान युद्धको तयारीमा

६ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी- भारत प्रशासित कश्मिरको उरीमा भएको आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव देखिए संगै युद्धको संकेत देखिएको छन् । दुवै देशले युद्ध हुनसक्ने भन्दै आन्तरिक तयारीलाई तिब्रता दिएका छन्।
१७ भारतीय सैनिक मारिएपछि भारतीय सेनाले पाकिस्तानलाई कडा जवाफ दिइने बताइसकेको छ । भारत सरकारले पाकिस्तानसँगको सीमा क्षेत्र सुरक्षित राख्न सेनालाई निर्देशन दिएको छ ।
पाकिस्तानको तयारीलाई मध्यनजर गर्दै पाकिस्तानी सीमा क्षेत्रमा सेनाका ट्याङ्क पठाउन शुरु गरेको छ । पाकिस्तानसँगको सीमा क्षेत्रमा रहेको राजस्थानमा पनि सीमा सुरक्षा बल बीएसएफको तैनाथी बढाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार आफ्नै निवासमा उच्च स्तरीय सुरक्षा बैठक बोलाएका थिए । मोदीले राष्ट्रपति प्रणव मुखर्जीसँग पनि कुराकानी गरेका थिए ।
उरी आक्रमण पश्चात पाकिस्तानले भारतको रणनीतिलाई विचार गर्दै पाकिस्तानको सिमावर्ती इलाकामा आफ्नो गतिविधि तिव्र गरेको छ। साथै गिलगित-बाल्टिस्तान क्षेत्र तथा अन्य प्रमुख इलाकामा ‘नो फ्लाई जोन’ घोषित गरेको छ ।
पाकिस्तानी सेनाका लडाकु विमानहरु
भारतले कुनै हवाई कारवाही गरे सजिलै प्रतिकार गर्न पाकिस्तानले सो क्षेत्रमा उडान प्रतिबन्ध लगाएको हो।
पाकिस्तानले लडाकु विमान सजिलै अवतरण र उडान गर्नका लागी उत्तरी भेगका सडकहरुमा पनि प्रतिबन्ध लगाएको छ ।
१८ सेप्टेम्बरमा उरी आक्रमणमा १८ भारतीय सेना मारिएका थिए। त्यो बेला देखि पाकिस्तान र भारत बिच तनाव उत्कर्षमा छ।
भारतिय लडाकु ट्यांकहरु सिमा क्षेत्रमा लगिदै
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी