×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेमै उदाए केपी ओलीलाई दनक दिने नेता

LAXMI SUNRISE BANK

एमालेमै उदाए केपी ओलीलाई दनक दिने नेता

६ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीभित्र गुटबन्दी चरमोत्कर्षमा पुगेको बताएका छन् ।
आफ्ना विरोधीलाई तह लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनेसम्मका घटना भएको उनले जनाएका छन् ।
भुसालले केन्द्रीय कमिटी बैठकमा छलफलका लागि मंगलबार स्थायी कमिटीमा प्रस्तुत गरेको प्रस्तावमा उदाहरणसहित त्यस्तो घटनाबारे उल्लेख गरेका छन् ।
शील कोइराला नेतृत्वको सरकारका युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलविरुद्ध एकैपटक पार्टीबाट राजीनामा मागिनु र अख्तियारबाट सूचना जारी हुनु संयोग मात्रै नभएको बताएका छन् ।
‘पूर्वमन्त्री क. पुरुषोत्तम पौडेलले गरेको खेलकुद परिषदको गठनसम्बन्धी निर्णय अपवादका रुपमा अर्को पक्षले एकलौटी गरेको छ ।
मन्त्री पौडेलले गरेको त्यो निर्णय पनि गुटबन्दीपूर्ण नै हो तर त्यसभन्दा अगाडि मन्त्री पौडेलविरुद्ध अख्तियारले सूचना जारी गर्ने र राजीनामा गर्न पार्टीभित्रैबाट दबाब दिने काम एकैसाथ हुनु संयोग मात्रै थियो त ?’, भुषालले प्रश्न गरेका छन्, ‘उनलाई जसरी हुर्मत दिन खोजियो त्यो आफैंमा गुटबन्दीको पराकाष्टा थिएन त ?’
नवौं महाधिवेशनपछि मन्त्री, सांसद, राजनीतिक नियुक्ति, राजदूत मनोनयन, विभिन्न आयोगमा पार्टीको महाधिवेशनमा एउटै पक्षमा रहेका व्यक्ति मात्रै पठाइएको प्रस्तावमा उल्लेख छ ।
नवौं महाधिवेशनपछि भएका सबै जिल्ला अधिवेशनमा गुटगत प्रतिस्पर्धा भएको, गाउँ कमिटी र टोलमा समेत यस्तै अवस्था बनेको उनले बताएका छन् ।
  • नागरिक दैनिकबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी