
काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता मणी थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत समयमा गलत कदम चालेको आरोप लगाएका छन् ।
अदालतले नै अख्तियार प्रमुखको नियुक्तिलाई लिएर प्रश्न चिन्ह खडा गरिरहेको वेला अख्तियारले लडाकू घोटाला काण्ड उचालेर बार्गेनिङ गर्न खोजेको उनको आरोप लगाए ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा थापाले भने, ‘प्रधानमन्त्री भारत भ्रमणमा गएको वेला बेलुका पत्रकार सम्मेलन गरेर अख्तियारले गलत कदम चालेको छ, यो गलत समयको गलत कदम मात्रै हो । हामी कडा रुपमा प्रतिवाद गर्छौं ।’
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सफल भएकोले एमालेले आत्तिएएको माओवादी नेता थापाले बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमणको कुरालाई लिएर दुईपक्षीय सम्झौतालाई भाँड्न खोजेको आरोप लगाए । उनले भने, ‘एमाले आत्तिएको छ, द्धिपक्षीय सम्बन्ध सुमधुर भएको छ, छिमेकीसँगको सम्बन्ध प्रगाढ भएकोमा कसैले दुःख मान्नुहुँदैन ।’
- एसियन समाचार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्